विराटनगरमा विमानस्थलमा बन्दैछ ‘कन्भेयर बेल्ट’

विराटनगरमा विमानस्थलमा बन्दैछ ‘कन्भेयर बेल्ट’

विराटनगर । विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ निर्माणको काम धमाधम भईरहेको छ । करिब एक महिनाभित्रै आगमन कक्षमा कन्भेयर बेल्ट स्टल गरिसक्ने लक्ष्यसहित काम सुरु भएको हो । विराटनगरमा निर्माण कम्पनी सीटीएच.एनटीई जेभी काठमाण्डौंले कन्भेयर बेल्ट स्टलेशनको काम गरिरहेको छ । विराटनगर विमानस्थलका सुचना अधिकारी युवराज भण्डारीका अनुसार ‘अराइभल’ कक्षमा यसको स्टलेशन भईरहेको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले विराटनगरसहित देशका तीनवटा विमानस्थलमा ‘कन्भेयर बेल्ट’को सुविधा थप गर्ने प्रक्रिया गतवर्ष चैतदेखि नै सुरु गरेको थियो । विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा एकैपटक कन्भेयर बेल्ट निर्माणको प्रक्रिया अगाडी बढाउन बोलपत्र खुलाएको थियो ।

विमानस्थलमा जहाजबाट यात्रु ओर्लेपछि लगेजका लागि पर्खनुपर्ने समस्या अन्त्यका लागि कन्भेयर बेल्ट सुविधा थप गरिएको हो । आन्तरिक विमानस्थलको सेवा सुदृढ गर्दै लैजाने योजना अनुरुप तीन विमानस्थलमा कन्भेयर बेल्ट निर्माण गर्ने योजना अगाडी सारिएो थियो । त्यसका आधारमा विराटनगर विमानस्थलको काम सुरु भएको छ ।

विमानस्थल भित्रको प्राविधिक सुविधा अभिबृद्धिका लागि अन्तराष्ट्रिय मापदण्ड अनुरुपको सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ । विमानस्थलमा विस्तार गरिने कन्भेयर बेल्ट ४० मिटर लम्बाईको हुनेछ । यसले एकघण्टामा दुईहजार ४०० ‘ब्यागेज’ क्लियर गर्नसक्ने क्षमता राख्नेछ । सामान्यतया कन्भेयरको एक मिटर दुरीले ७५० केजी क्षमताको ब्यागेज क्लियर गर्दछ । विमानस्थलमा यो सेवा विस्तारसँगै यात्रुलाई ब्यागेज लिन सहज र छिटो हुनका साथै सरसफाईमा समेत सहयोग पुग्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्