विराटनगरबाट श्रम स्वीकृति : आइडि र पासवर्ड अपग्रेड गर्दै कार्यालय

विराटनगरबाट श्रम स्वीकृति : आइडि र पासवर्ड अपग्रेड गर्दै कार्यालय

विराटनगर । वैदेशिक रोजगारमा जानका लागि आइतबार (आज) देखि विराटनगरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा दिन थालिएको छ । पहिलो दिन आइतबार दिउँसो १२ बजेसम्म कार्यालयले नयाँ प्रणालीमा जानका लागि आइडि तथा पासवर्ड अपग्रेड गर्ने काम भईरहेको श्रम तथा रोजगार कार्यालय विराटनगरका सुचना अधिकारी पुन्यप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार आजै केन्द्रीय सर्भरबाट यसको काम सकिन साथ अनलाइन प्रणालीमार्फत दरखास्त गर्ने अवसर सिर्जना हुनेछ । त्यसपछि श्रम स्वीकृति लिने सेवाग्राहीले सकभर आजै नत्र भोलिदेखि सेवा लिनेछन् ।

काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने सरकारको नीति अनुसार विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान योजना अगाडी सारिएको हो । यसअघि संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लगायत सेवाहरु पोखरा र बुटबलबाट सुरु गरिएको थियो । पुनः श्रम स्वीकृतिको सेवा रहेको विराटनगर र जनकपुरबाट अब सुरुमै स्वीकृति लिन सकिने भएको हो । यस अगाडी सुर्खेत र धनगढीबाट भने पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिँदै आएको छ ।

पुनः श्रम स्वीकृति एक पटक वैदेशिक रोजगारीमा गएर विदामा घर आएका र उनी कम्पनीमा पुनः जान चाहनेहरुले पाउँछन् । अब नयाँ व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बनाएर श्रममा सुरुकै कागजात पेश गर्दा श्रम स्वीकृति पाउने सुविधा विस्तार गरिएको छ ।

देशभरका चार स्थानबाट संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति र दुई स्थानबाट पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुनेछ । श्रम स्वीकृतिका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने छैन । सवै सेवा अनलाइन प्रणालीमार्फत नै पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्