स्थानीय सरकार पर्खदै जाडोले प्रभावित विराटनगरका नागरिक

स्थानीय सरकार पर्खदै जाडोले प्रभावित विराटनगरका नागरिक

विराटनगर । केही दिन देखि यता विराटनगरमा जाडो बढेपछि जनजीवन प्रभावित भएको छ ।

लगातारका चिसो कठ्याङ्ग्रिदो हावा र हुस्सुका कारण विराटनगरवासीको जनजीवन साथै पशुपक्षी प्रभावित भएका छन् ।

जाडो बेढपछि विराटनगर महानगरपालिका विभिन्न स्थानमा जाडोबाट बच्नका लागि स्थानीयले आगो बालेर ताप्न थालेका छन् । अध्याधिक जाडो बढेका कारण स्थानीयले खोजेर ल्याएको दाउरा बालेर आगो ताप्न थालेको विराटनगर १३ का सूर्यबहादुर लामाले बताए । चिसो बढेसँगै महानगरले दाउरा बाँड्ने भनिएको भए पनि अहिलेसम्म उपलब्ध नभएको उनको भनाई थियो ।

‘चिसोले एकदम गाह्रो बनाएको छ, स्थानीयले ल्याएको दाउरा बालेर आगो ताप्दै छौ, उनले भने,‘महानगरले ठाँउठाँउमा दाउरा दिए हुने, दिन्छ भन्ने चाहीँ सुनेको हो तर खै अहिलेसम्म पाएको छैन ।’ यस्तै, परालको आगो ताप्दै गर्दा भेटिएका विराटनगर ११ का कैलाश पोदार विराटनगरमा दुई, तीन दिन देखि अध्याधिक जाडो बढेको बताउछन् । चिसोबाट बच्न महानगरले ठाँउठाँउमा दाउरा वितरण गर्ने भन्ने सुनेको भए पनि अहिलेसम्म उपलब्ध नभएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्