तस्करी आरोपमा एघारजना विरुद्ध विराटनगर भन्सारमा मुद्दा दर्ता, दशजना फरार पक्राउ गर्न प्रहरीमा पत्राचार

<span class='c1'>तस्करी आरोपमा एघारजना विरुद्ध विराटनगर भन्सारमा मुद्दा</span> <span class='c2'>दर्ता, दशजना फरार पक्राउ गर्न प्रहरीमा पत्राचार</span>

विराटनगर । विराटनगर भन्सार कार्यालयले खुल्ला सीमा क्षेत्रबाट चोरी तस्करी गरेको आरोपमा ११ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
गत महिना विराटनगर–१५ को ३ नम्बर ढाटमा भन्सार गस्तीमाथि आक्रमण गर्नेहरु विरुद्ध भन्सार कार्यालयले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको हो ।

भन्सार कार्यालयका कर्मचारीमाथि मंसिर २३ गते राती आक्रमण प्रयास भएको थियो । त्यसको तीनदिनपछि विराटनगर–१७ का मोहमद सदाम मियाँलाई सिसी भिभी फुटेजका आधारमा मोरङ प्रहरीले पक्राउ गरेर भन्सार कार्यालयमा बुझाएको थियो ।
अवैध चोरी निकासी र पैठारी आरोपमा भन्सार कार्यालयले सद्दामलाई सात लाख ५० हजार रुपिँया धरौटी लिएर तारेखमा छोडेको छ । भन्सार कार्यालय विराटनगरको मुद्दा शाखाका अधिकृत प्रेम सुवेदीका अनुसार अनुसन्धानका क्रममा देखिएका बाँकी दशजना अहिलेसम्म फरार रहेका छन् । एकजनालाई नियन्त्रणमा लिएर गरिएको अनुसन्धानबाट भारतबाट अवैध रुपमा तस्करीमा संलग्न रहेकाहरुले भन्सार कार्यालयका कर्मचारीमाथि आक्रमण गरेको खुलेपछि एकपटक ११ जना विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

भन्सार कार्यालयले फरार रहेका बाँकी दशजनालाई नियन्त्रणमा लिएर बुझाउन जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार समेत गरेको अधिकृत सुवेदीले जानकारी दिनुभयो । पत्राचार भएको लामो समयसम्म पनि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर नबुझाएपछि पुनः तागेता गर्ने तयारी भईरहेको अधिकृत सुवेदीले बताउनुभयो ।

भन्सार कार्यालयले संलग्नहरुको नाम र ठेगाना खुलाएर पक्राउका लागि आग्रह गरेको छ, अधिकृत सुवेदीले भन्नुभयो–सीमा क्षेत्रबाट तस्करी गरेर राजस्व असुली प्रभावित पार्नेहरुको विषयमा सुक्ष्म रुपले अनुसन्धान हुनेछ । भन्सार कार्यालयले बढी तस्करीको लाइन चल्ने विराटनगर–१५ को तीन नम्बर ढाट समेत पूर्ण रुपमा बन्द गरेको छ । भारतीय बजार जोगबनी गएर मालसामान खरिद गरेर फर्कनेहरुलाई साविक रानी भन्सार नाकामा अनिवार्य भन्सार बुझाउने अवसर दिएर आसपासमा थप कडाई गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्