कर्मचारी प्रशासन शाखामा बसेर अन्य प्रहरीसँग रकम मागेको आरोपमा सई भुजेललाई प्रदेश तानियो

<span class='c1'>कर्मचारी प्रशासन शाखामा बसेर अन्य प्रहरीसँग रकम</span> <span class='c2'>मागेको आरोपमा सई भुजेललाई प्रदेश तानियो</span>

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको कर्मचारी प्रशासन शाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कोपिला भुजेल प्रदेश प्रहरी कार्यालय तानिएकी छिन् । कर्मचारी प्रशासनमा बसेर अन्य प्रहरीसँग रकम माग गरेको आरोपमा उनलाई जिल्लाबाट प्रदेशमा तानिएको हो ।

पायक पर्ने स्थानमा सरुवा गरिदिने भन्दै उनले रकम माग गर्ने गरेको आरोप छ । उनका विरुद्ध प्रहरी हेडक्वाटरमा उजुरी परेपछि छानविन गर्दा १७ जनासँग रकम माग गरेको देखिएको थियो ।

रकम माग गरेर आफ्नै एकाउन्टमा हाल्न लगाएको देखिएपछि उनी विभागिय कारवाहीमा परेकी हुन् ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सुचना समन्वय अधिकृत नविनराज राईले प्रहरी संगठन भित्रको आन्तरिक विषय सार्वजानिक गर्न नमिल्ने बताएका छन् ।

उनलाई हेडक्वाटरको निर्देशनमा प्रहरी तालिम केन्द्रमा तानिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्