पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँले घट्यो

<span class='c1'>पेट्रोल, डिजेल र मट्टितेलको मूल्य</span> <span class='c2'>प्रतिलिटरमा ३ रुपैयाँले घट्यो</span>

काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको छ ।

अब पेट्रोल लिटरको एक सय ७५ तथा डिजेल र मट्टितेल लिटरको एक सय ७२ रुपैयाँ पर्नेछ ।

यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर दुई सय २५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ७० र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार ४ सय २० डलर पर्नेछ ।

खाना पकाउने एलपी ग्यासको मुल्य भने हेरफेर भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्