विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलले प्रदेश १ काे सपथमा नजाने निर्णय गरेको छ ।
संसद सचिवालय विराटनगरमा भर्खरै सम्पन्न बैठकले यस्ताे निर्णय गरेकाे हो ।
माओवादी सांसद गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे शपथ ग्रहणमा समेत नजाने निर्णय भएको जानकारी दिए ।
आलाेपालाेकाे निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउदै उनले यो विषयमा पार्टीको केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेकाे बताए ।
कार्कीको आज दिउँसाे २ बजे शपथग्रहण गराउने तयारी छ । भने उनले सानाे आकारकाे मन्त्री मण्डल निर्माण गर्ने तयारी गरेका छन् ।