विराटनगरमा ‘विराट गोल्डकप’ चैत ६ गतेदेखि १४ सम्म, संयोजकमा महानगरका प्रमुख कोईराला

विराटनगरमा ‘विराट गोल्डकप’ चैत ६ गतेदेखि १४ सम्म, संयोजकमा महानगरका प्रमुख कोईराला

विराटनगर । विराटनगरमा हुने 'विराट गोल्डकप'को छैटौं संस्करण आगामी चैत ६ गतेदेखि १४ गतेसम्म हुने भएको छ ।

विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले विराटनगरका लागि उत्सवको रुपमा रहेको प्रतियोगिता सफलताको लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

विराट गोल्डकप ट्रष्टले सोमबार पत्रकार सम्मेलन गरी फुटबल प्रतियोगिताको संयोजकमा विराटनगरका प्रमुख नागेश कोईरालालाई दिने निर्णय गरेको जानकारी दिइएको हो ।

प्रतियोगिता आयोजक समितिका संयोजक नागेश कोइरालाले फुटबल म्याचले विराटनगरलाई चिनाउने बताएका छन् ।

'यसलाई खेल मात्रै नभएर अवसरको रुपमा बदल्नु छ' कोईरालाले भने विजेतालाई पुरस्कार २० लाख बनाएर देशकै आकर्षक बनाउँछौ। तर प्रतियोगिताको मिति बारे एन्फासँग छलफल भईरहेको संयोजक कोईरालाले जानकारी दिए ।

महेन्द्र गोल्डकपदेखि ३८ औँ र रुपान्तरित विराट गोल्डकपको छैटौं संस्करण हो । विराट गोल्डकप २०६७ देखि सुरुभएको हो । प्रदेश १ को एकमात्र रात्रिकालीन फुटबल प्रतियोगिताको पहिचान बनाएको गोल्डकपमा पाँच नेपाली राष्ट्रिय टिम, एक घरेलु,दुई अन्तर्राष्ट्रिय टिम सहभागी हुने आयोजकको दाबी छ ।

२०७८ वैशाखमा सम्पन्न पाँचौँ सस्करण विजेता एपिएफले १५ लाख र उपविजेता पञ्जाब पुलिस क्लब भारतले ७ लाख ५० हजार नगद पुरस्कार पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्