प्रदेश १ : माओवादीको अघिल्लो दिन समर्थन, एकदिनपछि सरकारमा नजाने निर्णय

प्रदेश १ : माओवादीको अघिल्लो दिन समर्थन, एकदिनपछि सरकारमा नजाने निर्णय

सुजता लिम्बू
विराटनगर । आइतबार दिँउसो माओवादी केन्द्र संसदीय दलको बैठकबाट एमालेलाई समर्थन गरेर सरकारमा जाने माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले जानकारी दिए । सोही अनुसार प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यको समर्थनसहित नवननिर्वाचित मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । ४ बजे मुख्यमन्त्रीका लागि दावी पेस गर्न माओवादी केन्द्र, जसपा र राप्रपा सहितको समर्थन लिएर मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश प्रमुख पर्शुराम खापुङकोमा पुगे । सोही उनी प्रदेश १ को चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भए ।

कार्कीले मुख्यमन्त्रीमा दावी पेश गर्न जानु अगाडी आगामी ५ वर्ष यहि गठबन्धनको सरकार कायम हुने बताएका थिए । भने, मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रसँग आलोपालो गर्ने सहमति भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा घुमाउरो तरिकाले कार्कीले त्यसलाई स्वीकार गरेका थिए । एमाले र माओवादीबीच गठबन्धन गरेर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने सहमति बन्दा आलोपालोको सहमति भएको थियो । प्रदेश सरकारहरुमा पनि आलोपालो गर्ने सहमति शीर्ष तहमै भएको बताइन्छ । तर, आज अर्थात सोमबार भने माओवादी केन्द्रले भने सरकारमा नजाने निर्णय गरे ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको पनि प्रदेश १ को मुख्यमन्त्रीमा दावी थियो । तर, शीर्ष नेताहरुबीच पहिलो चरणमा कार्की मुख्यमन्त्री बन्ने र दोस्रो चरणमा आङ्बो मुख्यमन्त्री बन्ने सहमति भएको बताइए पनि आइतबारसम्म नेताहरुले कुनै औपचारिक प्रतिक्रिया भने दिएका थिएनन् । तर, संघका शीर्ष नेताले प्रदेशमा नेतृत्व बाँडफाँडमाका विषयमा गरेको निर्णय प्रति भने मओवादी केन्द्रले असहमित जनाउदै सकारमा नजाने निर्णय गरेको मओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बताउँछन् ।

सत्ता साझेदार दलहरूको शीर्ष तहको बैठकले निर्णय गरिएको प्रति गम्भीर असहमति रहेको बताउदै उनले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने पूर्वप्रतिबद्धता अनुसारको निर्णय हुनुपर्नेमा जोड दिए ।

‘हाम्रो पार्टी प्रदेश कमिटी र संसदीय दलले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने निर्णय लिएको थियो।’उनले भने,‘ गठबन्धनका क्रममा त्यो सम्भव नभए कम्तीमा आलोपालो सरकारको नेतृत्व हुनुपर्छ भन्ने कुरामा हामी र हाम्रो पार्टीको नेतृत्व एकमत थियो।’ प्रधानमन्त्रीसँग भेटेर कुरा गर्दा पनि सके आफ्नै नेतृत्व नभए आलोपालो गर्ने कुरा भएको बताउँदै उनले एकाएक प्रदेशको नेतृत्व पूरै अवधि एमालेलाई दिने कुरा भएपछि तत्काल सरकारमा नजाने निर्णय लिएको प्रष्ट पारे । नेतृत्वले दिएको आलोपालेको प्रतिवद्धता वचन विपतिर भएको सम्झौता भएपछि प्रदेशको अपमान भएको महसुस गर्दै नेतृत्वलाई आलोपालोका विषयमा आधिकारिक धारणा दिन सुझाएको उनले बताए ।

नेतृत्वले मौखिकरुपमा नभएर आधिकारीक अर्थात लिखित रुपमा आलोपालोको धारणा तयार पारे सरकार गठनको तयारी गर्ने उनले बताए । त्यसो त मुख्यमन्त्री दाबी गर्नु अगाडी मुख्यमन्त्री कार्की र आङ्बीच छलफल भएको थियो । उनीहरुबीचको भेटवार्ताका विषयमा प्रश्न गर्दा एमाले दलको नेतालाई मुख्यमन्त्री बनाउने सहमति भएको र बाँकी कुरा मुख्यमन्त्रीको नियुक्तिपछि सहमति हुने बताएका थिए । मओवादी केन्द्रले सपथ ग्रहण कार्यक्रममा नजाने भनिएको भए पनि सरकारमा सहभागिता जनाएनन । तर, कार्यक्रममा भने उपस्थिति जनाएका थिए । आफूहरुको समर्थनमा सरकार गठन भएको हिसाबले सपथ ग्रहण कार्यक्रमका सहभागि भएको बताउँदै दलका नेता आङ्बोले हालको मुख्यमन्त्रीसँग कुनै असन्तुष्टि नभएको बताए । उनले मुख्यमन्त्री कार्कीसँग संवाद भइरहेको समेत बताए ।

माओवादी केन्द्र सरकारमा विल्कुल आउनुहुन्छ : मुख्यमन्त्री कार्की

माओवादी केन्द्र सरकारमा आउने नविनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दाबी गरे । आज (सोमबार) शपथ ग्रहण कार्यक्रम पछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनेबेलासम्म सबैकुरा टुंगो लगाउने बताउदै उनले संयुक्त सरकार बनाएर पाँच वर्ष अगाडी बढेर प्रदेशमा सुशानको प्रत्याभूति दिलाउने बताए । ‘माओवादीसँग हाम्रो कुरा भइरहेको छ, संयुक्त सरकार बनाएर पाँच वर्षसम्म अगाडी बढ्ने भने,’उनले भने,‘माओवादी सरकारमा विल्कुल आउनुहुन्छ यसमा चिन्तै नगर्नुस् ।’ उनले विनाविभाग्यमन्त्री नियुक्त गर्नुभयो नि भन्ने प्रश्नमा मुख्यमन्त्री कार्कीले आलोचनालाई करेक्सन गर्नु यस्तो गरिएको बताए ।

उनले छिट्टै विश्वासको मत लिने बताउँदै उनले सबै दललाई समेटेर मन्त्री मण्डललाई पूर्णता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्