विराटनगर महानगरको उज्यालो अभियान सुरु

<span class='c1'>विराटनगर महानगरको उज्यालो</span> <span class='c2'>अभियान सुरु</span>

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित विकसित महानगर बनाउने अभियानमा लागेको महानगरले उज्यालो अभियान पनि सुरु गरेको छ ।

पहिलो चरणमा सीमाना सडकलाई प्राथमिकतामा राखेर महानगरले बत्ती जडान गरिरहेको छ । रातिको समयमा लाइट नबालिकनै पनि गाडी कुदाउन सक्ने होस् भन्ने चाहेको महानगरका मेयर नागेश कोइरालाले बताए । विराटनगरवासीले गर्व गर्न लायक महानगर बनाउने आफ्नो लक्ष्यमा सबैतिरबाट साथ र सहयोग पाइरहेको उनको भनाइ थियो ।

‘उज्यालो विराटनगर’ अभियानलाई सार्थक बनाउन सम्बन्धित शाखालाई निर्देशन दिइसकेको र काम पनि भइरहेको मेयर कोइरालाले बताए । पहिचो चरणमा पुष्पलालचोक-मेनरोड हुँदै रोडशेषसम्म जडान हुनेछ । हाल पुष्पलालचोकदेखि ट्राफिक चोकसम्म जडान भइसकेको विद्युतका इन्जिनियर अनिल सिंहले जानकारी दिए ।

त्यस्तै महानगरको सिमाना ढाट (प्रवेशद्वार)देखि रोडशेष हुँदै कोशी राजमार्ग दुवै भाग, रानीपथ हुँदै भन्सारसम्म जडान गरिनेछ । पहिलो चरणमा एक सय वाटका ७७० वटा बत्ती जडान हुनेछ । त्यस्तै ५० वाटका २५० बत्ती जडान हुनेछ । यसअघि सोलार जडान भएको सडकमा पनि बिजुलीबत्ती नै जडान गरिनेछ । सोलारको मर्मत खर्च बढी हुने भएकाले महानगरले बिजुलीबत्ती नै जडान गर्ने निणर्यमा पुगेको हो । सोलार भएको ठाउँमा विद्युतीकरण गरी एलिडी बत्ती जडान गर्ने तयारी रहेको उनले बताए । दोस्रो चरणमा वडाका सिमाना सडक, मानिसको बढी आवतजावत र भीडभाड हुने सडकमा बत्ती जडान गरिने इन्जिनियर सिंहले बताए ।

मेयरको आदेशअनुसार अबको ३ महिनाभित्र महानगरका १९ वटै वडामा बत्ती जडान गरिसकिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । बत्ती खरिदका लागि टेन्टरमा गइसकेकाले माघको पहिलो हप्ताभित्र बत्ती आइसक्ने कोइरालाले जानकारी दिए । बत्तीका लागि वडाले विनियोजित गरेको बजेट खर्च गरिसकेपछि मात्रै महानगरले बत्ती र तार उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्