शिक्षितहरु नै डिजिटल अधिकार बारेमा अनविज्ञ

शिक्षितहरु नै डिजिटल अधिकार बारेमा अनविज्ञ

विराटनगर । ईन्टरनेटको प्रयोग अपरिहार्य बन्दै गएको अवस्थामा यसबाट हुने जोखिम र सुरक्षा लगायतका बिषयमा सर्वसाधारणलाई सचेतना फैलाउनु पर्ने आवश्यकता महसुस गरिएको छ । अधिकांश पढेलेखेका शिक्षित मानिसहरु पनि डिजिटल साक्षरताको अभाव रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

डिजिटल राईट्स नेपालले विराटनगरमा आयोजना गरेको डिजिटल अधिकारका मुद्दा र प्राथामिकता विषयको कार्यक्रममा बोल्ने वक्ताहरुले ईन्टरनेटको प्रयोगसंगै प्रयोगकर्ताको व्यक्तिगत तथ्यांकहरु चुहावट तथा चोरी हुने जोखिम बढेको बताएका छन् । ईन्टरनेटबाट संचालित सामाजिक संजाल तथा अन्य प्रबिधिको प्रयोगका विषयमा पूर्ण जानकारी नभएका कारण कतिपय सर्वसाधारणहरु ठगीमा पर्ने गरेको बताउँदै व्यक्तीगत तथ्यांक चोरी हुने सम्भावना समेत रहने उनीहरुले बताएका थिए ।

अधिकांश प्रयोगकर्ताहरु आफ्नो डिजिटल अधिकारका विषयमा सचेत नहुनुका साथै ईन्टरनेटको सुरक्षित प्रयोगका विषयमा पर्याप्त जानकार नभएका कारण यस्तो अवस्था निम्तिएको कार्यक्रमका सहभागीले बताए । सो अवसरमा बोल्दै आयोजक संस्थाका अध्यक्ष सन्तोष सिग्देलले व्यक्तिको मानव अधिकारको रुपमा व्याख्या गरिएको विषयहरु नै अनलाईन स्पेसमा पुग्दा डिजिटल अधिकारकारुपमा परिर्वतन हुने गरेको बताए ।

उनले पछिल्लो तथ्यांक अनुसार नेपालमा ६४ प्रतिशत मानिस ईन्टरनेटको प्रयोग गरिरहे पनि आफ्ना डिजिटल अधिकारका बिषयमा पर्याप्त जानकार नरहेको बताएका थिए । सिग्देलले अध्ययन अध्यापनका साथै आर्थिक र सामाजिक सबै क्षेत्रमा डिजिटल माध्यमको प्रयोग गरिए पनि त्यसअनुरुपमा सर्वसाधारणलाई जानकार बनाउने तथा व्यक्तिको डिजिटल अधिकार सुरक्षित गर्ने पर्याप्त काम नपाएको धारणा राखेका थिए । विराटनगरका डिजिटल राईट्स अभियन्ता राजु श्रेष्ठले देखासिकी र सामान्य जानकारीकै आधारमा ईन्टरनेटमा उपलब्ध सामाजिक संजाल तथा एप्सहरुको प्रयोग गरिएका कतिपय सर्वसाधारणका तथ्यांक चोरी हुने र ठगीमा पर्ने गरेको बताए ।

नीति निर्माण तहबाटै यसलाई ब्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता रहेको श्रेष्ठले बताए । बैंकरको तर्फबाट बोल्दै ईश्वर कट्ट्लेले नयाँ नयाँ प्रविधिहरु भित्रिएपनि सेवाग्राहीलाई सो बिषयमा पर्याप्त जानकारी नभएका कारण समस्या देखिएको बताए । दि राईजिङ नेपालका पत्रकार मोदनाथ ढकालले डिजिटल राईट्सका बिषयमा सबै वर्ग र तहलाई जानकार बनाउन तिनै तहका सरकारले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने सुझाव दिए ।

बाल बच्चादेखि वृद्धसम्ममा प्रयोगमा रहेको डिजिट प्रविधिले मानिसहरुलाई नराम्रोसग फसाई सकेकोले यसलाई नीति निर्माण तहमा राखेर कानूनहरु निर्माण गर्नु पर्ने प्राध्याक डिल्लि प्रसाईले बताए । कतिपय अवस्थामा भरपर्दो नीति नहुदाँ र भएका नीति नियमहरु लागु नहुदाँ मानिसहरुलाई समस्या भएको अनलाइन सञ्चालक विवेक दाहालले बताए । भरपर्दो कानुनकै अभावका कारण मानिसहरु अनलाईन व्यापारबाट दिनानु दिन ठगीदै गएको सञ्चारकर्मी झक्त राईले धारणा राखेका थिए ।

उक्त कार्यक्रममा संचार, सामाजिक र अध्यापन क्षेत्रसंग जोडिएका व्यक्तिहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो । आयोजक संस्थाले ७ वटै प्रदेशमा यस प्रकारको कार्यक्रम आयोजना गरिरहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्