प्रदेश १ मा मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्रको बैठक सुरु

प्रदेश १ मा मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्रको बैठक सुरु

विराटनगर । प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठ सुरु भएको छ ।

केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्रले आलोपालोको सहमति नभएको भन्दै यसअघि सरकारमा सहभागिता जनाएको थिएन पछिल्लो समय माओवादी केन्द्र भित्रै मन्त्री बन्नेको लर्को छ । पार्टीभित्र खासगरी अध्यक्ष प्रचण्डका ज्वाईसमेत रहेका केन्द्रीय जीवन आचार्यलाई मन्त्री बनाउने कि नबनाउने भन्ने चर्को विवाद छ । प्रचण्डले उनलाई मन्त्री बनाउन निर्देशन दिएपछि केही नेताहरु नै रुष्ट छन् ।
जीवन आचार्य मन्त्री बनेसँगै माओवादी आन्दोलनमा लामो समयदेखि सक्रिय रहेका नेताहरुलाई पछि पर्ने भन्दै पार्टी भित्रै विवाद बढ्दै गएको छ ।

यसमा आचार्यलाई मन्त्री बनाउन नहुने मत अधिकांश पदाधिकारीको रहे पनि नेतृत्वको निर्देशन रहेकोले मन्त्री बनाउनुको विकल्प नरहेको पार्टीका प्रदेश इञ्चार्ज राम कार्कीको मत रहेको नेताहरु बताउँछन् । अहिले कार्कीकै उपस्थितिमा बैठक बसिरहेको छ । बैठकमा प्रदेशका सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, धर्मशिला चापागाई, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङसहित प्रदेश कमिटिका पदाधिकारी सहभागी छन् ।

पार्टीको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने मन्त्रालय भागबण्डाको विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँगको छलफलमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्