प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्वाचित

<span class='c1'>प्रदेश १ को सभामुखमा</span> <span class='c2'>माओवादीका बाबुराम गौतम निर्वाचित</span>

विराटनगर । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम निर्वाचित भएको घोषणा भएको छ ।

आज (विहिवार) प्रदेश सभा बैठकले गौतमलाई प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलिका अनुसार १ बजे शपथ ग्रहण हुने उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने जानकारी दिए ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ ।

यता, प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठक बसिरहेको छ ।

केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ । माओवादीभित्र को मन्त्री बन्ने भन्नेमा रस्साकस्सी चलिरहेको बेला पदाधिकारी बैठक सुरु भएको हो ।

स्रोतले दिएको जानकारी अनुसार प्रदेश १ को पूर्वाधार तथा भौतिक योजना मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा गरेको छ । भौतिक मन्त्रालयमा माओवादी सांसद जीवन आचार्य र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा दुर्गाप्रसाद चापागाईंलाई मन्त्रीको रुपमा पठाउने माओवादीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्