निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले छोडे सरकारी निवास

निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले छोडे सरकारी निवास

विराटनगर । प्रदेश १ निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारी निवास छोडेका छन् ।

राईले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकारी निवास खाली गरेको जानकारी दिएका हुन् ।

उनले आफू मुख्यमन्त्री हुँदा लामो समय निवास खाली नहुँदा केही असुविधा भोग्नुपरेको अनुभव बताउदै निवास छाड्न दुई दिन ढिला भएकोमा क्षमा समेत मागेका छन् ।

उनले यस्तो लेखेका छन्" मुख्यमन्त्रीबाट विदा भएको चौथो दिन आज पौष २८ गतेदेखि बिहान ११ बजेदेखि मुख्यमन्त्री निवासबाट पनि बिदा भएको सुचित गर्दछु । बिगतमा आफू मुख्यमन्त्री हुदा लामो समय निवास खाली नहुदा केही असुबिधा भोग्नुपरेको कटु अनुभव हुदाहुदै पनि निवास छाड्न दुई दिन ढिला भएकोमा क्षमा चाहन्छु ! तर सरकारी सवारी साधनको सुबिधा भने मैले मुख्यमन्त्रीबाट बिदा भएको क्षणबाट नै लिन छाडेको कुरा जानकारी गराउछु !

मैले यो कुरा यस कारणले सुचित गर्न जरुरी ठानेको हो, यो कुराको सुचना नहुदा विभिन्नबाट आलोचनाको सम्भवना रहन्छ ! "

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्