युमी स्कुल मोरङमा एकता दिवस झल्कियो

युमी स्कुल मोरङमा एकता दिवस झल्कियो

विराटनगर । विराटनगर महानगरपालीका १९ मा रहेको युमी स्कुल मोरङले विविध कार्यक्रम गरी एकता दिवस मनाएको छ ।


स्कुलले आफ्ना विद्यार्थीहरुलाई विभिन्न जातजातीको पोशाकमा सहभागी गराई पृथ्वीनारायण शाहको ३०१ औँ जन्म जयन्तीको अवसर पारेर स्कुलले एकता दिवस मनाएको हो ।


नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायाण शाहको सम्झनामा राष्ट्र र देशभक्ती गीतहरुमा नृत्य प्रस्तुत गरी दिवस मनाएका थिए ।
फरक फरक जातजातीको पोसाकमा सजिएका विद्यार्थीहरुले सयुक्त रुपमा राष्ट्र गीतमा नृत्य प्रस्तुत गरेका थिए । अहिलेका पुस्ताले हाम्रा विर सपुतहरुलाई विर्सदै गएका कारण स्मरण गराउनको लागी सन्देश मुलक कार्यक्रम गरी एकता दिवस विद्यार्थीहरुसँग मनाइएको युमी स्कुलकी चियरमेन चन्द्रवती राईले जानकारी दिनुभयो । विद्यार्थीसँगै शिक्षकहरु समेत फरक फरक जातिया पोसाकमा सजिएर स्कुलमा सहभागी थिए ।

जापानीज विधी अनुसार पढाई हुने उक्त स्कुलमा हाल २७५ जना विद्यार्थीहरु अध्ययनरत रहेको युमी स्कुलका प्रिन्सीपल निपुर्ण शाक्यले जानकारी दिनुभयो । स्कुलले यस अघि पनि विविध कार्यक्रम फरक फरक शैलीमा मनाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्