विराटनगरमा माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट

विराटनगरमा माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट

विराटनगर । विराटनगरमा आगामी माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट आयोजना हुने भएको छ । विराटनगरस्थित झीःपुच परिसरमा ६ गते ३ बजे मेलाको उद्घाटन गरेर ७ गते नेवाःभ्बय (नेवारी खाना) पछि महोत्सव समापन हुने भएको हो ।

महोत्सव आयोजक समितिका संयोजक भविषकुमार श्रेष्ठका अनुसार साँस्कृतिक कार्यक्रम, नेवारी विविध खानाको परिकारका २० स्टल महोत्सव स्थलमा राखिने भएको छ । त्यस बाहेक प्रदेश नम्बर १ मा उत्पादित वस्तुहरुको प्रचार र बिक्रीका लागि पर्यटन हाटको रुपमा स्टल खडा गरिने भएको छ ।

भविष्यमा यस्तो वस्तुको बजारीकरणका लागि साप्ताहिक हाट सञ्चालन गर्ने योजनासहित महोत्सवस्थलमा पर्यटन हाट स्थल राखिने भएको हो । यसमा इलामको चिया, ताप्लेजुङको अलैंची, छुुर्पी, भोजपुरको खुकुरी जस्ता जिल्ला विशेष सामाग्र राखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्