विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको दावी गरेका छन् । विराटनगरमा बिहीबार पत्रकारहरुको कुराकानीमा कोइरालाले बाँकी निर्वाचनको संभावित अवस्थालाई आंकलन गरेर विश्वासको मत दिएको बताएका हुन् ।
‘म सभामुख उपसभामुखको निर्वाचन छोडेर बाँकी रहेको राष्ट्रपति उपराष्ट्रपतिमा काँग्रेसले उमेदवारी दिने कोइरालाले बताए । राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नु पर्ने भएकोले काँग्रेसले विचार पु¥याएको उनको तर्कछ ।
नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताए ।आफूहरु प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा भूमिका खेल्ने नेता कोइरालाले बताए ।