इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट आजदेखि हुदै

<span class='c1'>इटहरीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय</span> <span class='c2'>टी–२० क्रिकेट आजदेखि हुदै</span>

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिता सुनसरीको इटहरीमा हुँदैछ । आजको उद्घाटन खेलमा अहिले मधेस प्रदेश र प्रदेश नम्बर १ खेल्दै छन् । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच खेल हुनेछ ।

प्रतियोगितामा सात वटा प्रदेश तथा एक विभागीय गरी ८ टोली सहभागी छन् । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुई वटा समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ ७ गते हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्