फेरी अर्थमन्त्री भेटे विराटनगरका उद्योगीले

फेरी अर्थमन्त्री भेटे विराटनगरका उद्योगीले

विराटनगर । बैंकको चर्को ब्याजदर नियन्त्रण गर्न माग गर्दै विराटनगरका उद्योगीहरुले फेरी अर्थमन्त्री विष्णु पौडेलसहित विभागिय मन्त्रालयका सचिवहरुलाई भेटेका छन् । चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरु तत्कालै निराकरण गरिदिन माग गर्दै उनीहरुले छलफल गरेका हुन् ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भारत सरकारले नेपाललाई ५० हजार मेट्रिक टन गहुँको कोटा निर्धारण गरेता पनि नेपाल सरकारले नेपाली उद्योगीहरुलाई कोटा बाँडफाँड गरिदिनु पर्ने माग समेत गरेका थिए । गहुँमा आश्रित नेपाली उद्योगहरु प्रभावित भई बन्द हुने अवस्थामा रहेको बारे अवगत गराइएको थियो ।

भारतले गहुँ निर्यातमा रोक लगाएपछि विराटनगरका उद्योगीहरुले अवैध रुपमा भित्र्याएर उद्योग सञ्चालन गर्दै आएका थिए । पछिल्लो सरकार गठन भएपछि सीमाबाट अवैध आयात समेत रोकिएको छ । त्यसको अवसर उद्योगीहरुलाई छ ।

बिहीबार संघका अध्यक्ष रिजाल, नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेसहितको टोलि अर्थमन्त्री, अर्थ सचिव तोयम राया, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, पर्यटन सचिव सुरेश अधिकारीसँग भेट गर्न पुगेका हुन् । उनीहरुले लोडसेडिङ्ग, आयात तथा भन्सार सम्बन्धि जटिलताहरु लगायत उद्योगी व्यवसायीहरुका विद्यमान विभिन्न समस्याहरु बारे अवगत गराई समाधानका लागि आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्