प्रदेश १ मा तीन मन्त्रीको शपथ

प्रदेश १ मा तीन मन्त्रीको शपथ

विराटनगर । प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

शपथग्रहण समारोहमा मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख बाबुराम गौतम, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्