मोरङको सलकपुरमा शिल्पी थिएटरको मुक्त रंगमञ्च

मोरङको सलकपुरमा शिल्पी थिएटरको मुक्त रंगमञ्च

विराटनगर । शिल्पी थिएटरले मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा नाट्यकेन्द्र स्थापना गर्ने भएको छ । सुन्दरहरैंचा नगरपालिकाले उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा पाँच विधालाई समेट्ने गरि नाट्यकेन्द्र स्थापना गरिने भएको हो ।

शिल्पी थिएटरका कला निर्देशक घिमिरे युवराजका अनुसार पहिलो चरणमा मुक्त रंगमञ्चको स्थापना गरिने छ । यसको शिलन्यास आगामी माघ ४ गते महानायक राजेश हमालले गर्नेछन् । त्यहि दिनदेखि निर्माण सुरु हुने रंगमञ्चको सहयोग स्वरुप सुगम पोखरेलले सांगितिक प्रस्तुती समेत राख्नेछन् ।

सार्वजानिकस्थलमा निर्माण हुने मुक्त रंगमञ्चमा पाँच विधाको प्रस्तुतीकरण हुनेछ । नाटकसँग गतिविधि, चित्रकला, कविता, संगित र चलचित्रसँग सम्बन्धित कार्यहरु गर्न सकिने निर्देशक घिमिरेले जानकारी दिएका छन् । मुक्त रंगमञ्च निर्माणका लागि २२ लाख रुपैँया लाग्ने अनुमान गरिएको छ । यसका लागि शिल्पी थिएटरले सहयोगको अपेक्षा राखेको छ ।

‘हामी काठमाण्डौं केन्द्रीत रंगमञ्चमा थियौं, अब पूर्वमा समेत आफ्नै भवनमार्फत रंगमञ्चलाई विस्तार गर्ने जमर्को गरिरहेका छौं’ शिल्पीका कला निर्देशक घिमिरेले भने–यसका लागि सहयोगको अपेक्षा राखेका छौं, जसले जति सक्नुहुन्छ गरिदिनुहोस् । हालसम्म विदेशमा रहेका नेपालीहरुले पाँचलाख रुपिँया सहयोग पठाईसकेको घिमिरेले जानकारी दिएका छन् ।

पहिलो चरणको मुक्त रंगमञ्च निर्माणपछि त्यहि स्थानमा नाटक घर निर्माण गर्ने लक्ष्य राखिएको छ । जसमा पार्क, पुस्तकालय समेत रहने छ । त्यसमा पाँच विधाका कार्य बाहेक विद्यार्थीहरुले वा सर्जक तथा अनुसन्धानकर्ताहरुले अध्ययन तथा सिर्जनात्मक काम गर्ने अवसर जोडिने निर्देशक घिमिरेले जानकारी दिएका छन् । उनले शिल्पी थिएटरलाई सहयोग गर्नका निम्न उल्लेखित बैंक खाताहरुमा रकम जम्मा गर्न सकिने छ ।

Account Name: Shilpee Theatre Group

Account Number:02801030254953

Bank Name: Nepal Investment Bank Limited

Branch: New Bansehwor

Bank Address: Gaushala, Kathmandu

SWIFT Code:NIBLNPKT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्