विराटनगरबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ

विराटनगरबाट प्रतिबन्धित औषधी सहित १ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ हुलास चोक स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बिहान साढे ९ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोली भारतबाट नेपाल तर्फ आउदै गरेको फिदिम नगरपालिका-४ पाँचथरकी २० बर्षीया एन्जिला सुजीलाई शंकास्पत अवास्थामा फेला पारी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित औषधी लुपिजेसिक-३ एम्पुल,डाइजोपाम-३ एम्पुल ,फेनारागन-३ एम्पुल, एभिल-३ एम्पुल,नाइट्राभेट- ३० चक्की, सुई-३ थान र स्पास्मो प्रोक्सिवन-२ चक्की फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्