प्रदेशको नामकरण प्रमुख प्राथमिकतामा रहन्छ : मुख्यमन्त्री कार्की

प्रदेशको नामकरण प्रमुख प्राथमिकतामा रहन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।

शुक्रबार प्रदेशसभा बैठकमा विस्वासको मत माग्दै उनले आफू नेतृत्वको सरकारले प्रदेशको नामाकरणको विषयलाई उच्च प्राथमिकतामा राख्ने बताएका हुन्।

उनले प्रदेशको नामाकरण नभएकाले तिव्र आलोचना, विरोध भइरहेको बताउदै उनले प्रदेशको नामाकरण हुन नसक्दा बेनामे प्रदेश भएको बताए ।

उनले सबै कुराको जिम्बेवारी, जस अब्जस, यहाँ उपस्थित भएका दलको हैसियत अनुसार आफू लिने दाबी गरे ।

उनले सबैलाई विस्वासको मत दिन पनि आग्रह गरेका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्