विराटनगरमा विद्यालयस्तरीय चित्रकला तथा कला प्रदर्शनी प्रतियोगिता हुने

विराटनगरमा विद्यालयस्तरीय चित्रकला तथा कला प्रदर्शनी प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा आगामी माघ ६ गते विद्यालयस्तरीय चित्रकला तथा कला संस्कृति प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ । श्री, श्री रबिशंकर विद्यामन्दिर विद्यालयको आयोजना तथा विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा कार्यक्रम आयोजना हुने भएको हो ।

कार्यक्रममा आधारभुत तह १–५ र कक्षा ६–८ बाट दुई-दुई जना सहभागि हुन पाउने छन् । महानगरपालिकाले महानगरपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयबाट विद्यार्थी सहभागी गराउन आग्रह गरेको छ ।

विद्यार्थीले आफ्नो ईच्छा अनुसारको सन्देशमुलक चित्र बनाउन सक्नेछन् । विद्यालयले आवश्यक पर्ने ड्रंइग पेपर उपलब्ध गराउनेछ । कक्षा १–५ का विद्यार्थी क्रेयन र पेस्टल तथा कक्षा ६–८ का विद्यार्थीले वाटर र पोष्टर कलरको व्यवस्थापन आफैं गर्नुपर्नेछ । विद्यार्थी सहभागि विद्यालयका एकजना शिक्षकलाई अनिवार्य उपस्थितका लागि अनुरोध गरिएको छ । यसमा सहभागि विद्यालयले शुल्क बुझाउनु पर्नेछैन । नाम दर्ताका लागि माघ ३ गतेसम्म गरिसक्नुपर्ने छ । प्रतियोगिता रवि शंकर विद्यामन्दिरको प्राङगण तीनपैनीमा हुनेछ ।

उत्कृष्ट भई विजेता कक्षा १–५ बाट पाँचजना विद्यार्थी र कक्षा ६–८ का पाँचजना उत्कृष्टलाई पुरस्कृत गरिने भएको छ । यसैगरी त्यहि दिन कला प्रदर्शनी अन्तर्गत कला, सिर्जना तथा संस्कृति झल्काउने प्रदर्शनी समेत हुनेछ । विद्यार्थीहरुले गरेको सिर्जना गरेका रचना, कला संस्कृति, परिकल्पना लगायतमा प्रतिस्प्रर्धा गर्नसक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्