लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सिटीद्वारा न्यानो कपडा वितरण

लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सिटीद्वारा न्यानो कपडा वितरण

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सिटीले न्यानो कपडा वितरण गरेको छ ।

शुक्रबार लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सिटीको संयुक्त आयोजनामा ​​१४४औँ मेल्भिन जोन्स डेको अवसरमा विराटनगर २ मा रहेको श्रीशंकरपुर आधारभूत विद्यालय न्यानो कपडा वितरण गरेको हो।

चिसो बढेसगै उक्त विद्यालयका ६० जना विद्यार्थीलाई स्विटर वितरण गरिएको लायन्स क्लब अफ विराटनगर पाथीभराको अध्यक्ष एकता थापा सुवेदीले जानकारी दिईन ।

कार्यक्रममा उपस्थित मध्ये एक जना विद्यार्थीलाई जाडोको बेलामा न्यानो कपडा वितरण गरेर सहयोग पुर्‍याएकोमा खुसी व्यक्त गरे ।

मेल्भिन जोन्स डेको अवसरमा उक्त विद्यालयमा केका काटिएको थियो। साथै विद्यार्थीहरुलाई स्टेशनरीका सामाग्री वितरण गरिएको लायन्स क्लब अफ विराटनगर सिटीको अध्यक्ष निर्मला सुवेदी बताईन।

उक्त दुवै संस्थाले सामाजिक कार्य गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्