प्रदेश १को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

प्रदेश १को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

विराटनगर । प्रदेश १ को उपसभामुखमा नेकपा एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् ।

शनिवार प्रदेशसभामा उपसभामुखको निर्वाचनबाट ५७ मतसहित उनी निर्वाचित भएकी हुन् ।

दनुवारका लागि उपसभामुखमा निर्वाचि गराउन नेकपा एमालेका प्रदेश संसद तिलचन पाठकले प्रस्ताव गरेका थिए ।भने, माओवादी केन्द्रका प्रदेश संसद नारायण बुर्जामगरले समर्थन गरेका थिए ।

संविधानको धारा १८२ को उपधारा (२) अनुसार प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुनेपर्ने र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्