सङ्गीत पृथ्वीकै सुन्दर पक्ष हो : प्रदेश प्रमुख खापुङ

सङ्गीत पृथ्वीकै सुन्दर पक्ष हो : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले सङ्गीत पृथ्वीकै सुन्दर पक्ष रहेको बताएका छन् ।

सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा केशव दाहालकृत ‘माधवी ओ माधवी’को पुस्तकचर्चाको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले यस्तो बताएका हुन् ।

प्रदेश प्रमुख खापुङले मानिस र मानिसहरूले बनाएको समाजमा मात्र नभएर पशुपंक्षी, जीवहरूलाई सङ्गीतले एकत्रित पार्ने कुरामा जोड दिए । “त्यो सङ्गीत साधना जोडिएको संस्थाले मलाई पनि जोडिने मौका दिएर धेरै कुरा सिक्ने मौका दिलाएको छ ।” खापुङले भने ।

सङ्गीत प्रतिष्ठानको आयोजनामा रहेको ‘माधवी ओ माधवी’ पुस्तकको चर्चामा कवि चन्द्र घिमिरे र मिडिया अनुसन्धान केन्द्र, नेपालका अध्यक्ष तृष्णा आचार्य वक्ताका रूपमा रहेका थिए । त्यसैगरी रंगकर्मी प्रज्वल पराजुलीले लेखक केशव दाहालसँग वार्तालाप समेत गरेका थिए ।

कार्यक्रममा कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव अमृत खापुङ, वराहक्षेत्र नगरपालिकाका पूर्वमेयर निलम खनाल, साहित्यकार प्राडा. बद्रिविशाल पोखरेल समेतको उपस्थिति रहेको थियो ।

‘सङ्गीत उत्सव –२०७९’ कै रूपमा शुरु भइको कार्यक्रम आज पुस ३० बाट शुरु भई माघ ८ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्