विराटनगरको बिकेभिएम स्कुलले मनायो ४० औँ वार्षिकोत्सव

विराटनगरको बिकेभिएम स्कुलले मनायो ४० औँ वार्षिकोत्सव

विराटनगर । विराटनगर ११ स्थित बाल कल्याण विद्या मन्दिर स्कुलले आफ्नो ४० औँ स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ ।

शनिवार स्कुलमा आयोजित कार्यक्रममा तीन हजार विद्यार्थी, अभिभावकको उपस्थितिमा स्कुलले अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु देखाएका थिए । साथै विद्यार्थीहरुले बनाएका विभिन्न प्रोजेक्टहरु समेत आगन्तुकको लागि प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की लगायत विभिन्न शिक्षा तथा अन्य सामाजिक संघसस्थाका अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्कुलमा विगत २० वर्ष भन्दा बढी काम गरी योगदान गर्ने ७ जनालाई कदरपत्र सहित सम्मान समेत गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल रविन कुमार दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो स्कुलले विराटनगरलाई शैक्षिक हबको रुपमा स्थापित गर्न योगदान गर्न पाएकोमा गर्व महसुस गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्