प्रदेश सरकारमा छाँया पर्छन् दलित महिला सांसद

प्रदेश सरकारमा छाँया पर्छन् दलित महिला सांसद

विराटनगर । पहिलो कार्यकालमा प्रदेश १ मा तीन फरक–फरक पार्टीबाट तीन जना महिला दलित सांसद निर्वाचित भएका थिए । उनीहरु मध्ये एमालेबाट जसमाया गजमेरले करिब दुई बर्ष सामाजिक राज्यमन्त्री बन्ने अवसर पाइन् । सातवटै प्रदेशमा पहिलो मन्त्री बन्ने अवसर उनले मात्र प्राप्त गरेकी थिइन् । क्षमता भएपनि माओबादीकी सांसद उमिता बराईली र काँग्रेसेसकी कल्पना सरदारले अवसर पाउन सकेनन् । पाँच बर्षे कार्यकालमा उनीहरु थपडी बजाउने मै सिमित भए ।

दोस्रो कार्यकालका लागि प्रदेश १ मा तीन जना महिला र एक जना पुरुष दलित सांंसद निर्वाचित भएका छन् । समानुपातिक प्रणाालीबाट निर्वाचित हुन बाध्य भएपनि क्षमतामा भने सबैजना अब्बल छन् । माओबादी केन्द्रबाट निर्वाचित सपना परियार आफै जनयुद्ध कालकी होलटाइमर लडाकु हुन । सुनसरीको भरौला घर भएकी उनी सुकुम्बासी परिवारकी हुन् । २०५५ देखी पार्टीमा आवद्ध उनी हालसम्म अविराम छिन् । उनी हाल स्नातक अध्ययन गरिरहेकी छन ।

यस्तै तेह्रथुमकमी कमला दर्नाल एमालेमा लामो समयदेखी प्रतिबद्ध कार्यकर्ता हुन । स्नानोक्कोत्तर उत्तिर्ण कमला समाजसेवमा पनि सक्रिय नाम हो । उनी समाज शास्त्रमा स्नातोकोत्तर उतिर्ण छिन । अन्तरपार्टी जिल्ला महिला सञ्जाल र, अनेमसंघ तेह्रथुमको पदाधिकारी भएर जिम्मेवारी पुरा गरिसकेकी कमला एमाले पार्टीको बर्गीय संगठन उत्पीडित जातिय मुक्त्ति समाजको केन्द्रिय सदस्य भईसकेकी नेतृ हुन । यस्तै कमला जनसास्कृतिक संघ प्रदेश १ को सदस्य पनि हुन । रेडक्रस लगायत विभिन्न सामाजिक संस्थाहरुमा समेत सक्रिय कमला अवसर पाए जिम्मेवारी सम्हाल्न तयार छिन् ।

यता काँग्रेसबाट निर्वाचित सुनिता गुरुङ राम अन्र्तजातिय विवाह गरेकी संघर्षशील महिला हुन । बाह्रबर्ष अघि उनले स्थानीय डोमी रामसँग प्रेमविवाह गरेकी हुन । सुनसरीको बर्जुगाउँपालिकाकी बासिन्दा सुनिता बर्जु ५ स्थित कोशी आधारभुत विद्यालयमा १९ बर्ष पढाएकी थिइन । जातिय विभेद र छुवाछुतको पिडा प्रत्यक्ष बुझेकी सुनिता सुरुमा चमाारसँग विवाह गरेकै कारण सामाजिक बहिष्कारमा परेकी थिइन । तर अहिले उनको आफनो उचाँइले गर्दा सामाजिक मात्र नभएर पाािरवारिक प्रतिष्ठा पनि प्राप्त गरिसकेकी छन ।
राप्रपाबाट निर्वाचित झापाका गोपाल विश्वकर्मा पनि कम छैनन् । उनले जिनवभरी प्रहरी सेवामा दुर्गमा ठाउँमा सेवा दिएर जिवन गुजारे । उनलाई चलखले, राजनीति, कुटनीति सबैको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्