विराटनगरकी चेली हुन् क्याप्टेन अन्जु खतिवडा

<span class='c1'>विराटनगरकी चेली हुन्</span> <span class='c2'>क्याप्टेन अन्जु खतिवडा</span>

विराटनगर । आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा दुर्घटना भएको विमानमा विराटनगरकी चेली अन्जु खतिवडा समेत परेकी छिन् । ६८ यात्रुसहित ४ जना चालक दलका सदस्य रहेको विमानमा क्याप्टेन कमल केसी र अन्जु खतिवडा थिए । खतिवडा विराटनगर–५ जामुनगाछी माइती घर भएकी चेली हुन् ।

विराटनरका व्यवसायी तथा समाजसेवी गोबिन्द खतिवडाकी जेठी छोरी अन्जु विमान दुर्घटनामा परेपछि परिवारजन काठमाण्डौं जाने तयारीमा रहेका छन् । खतिवडा परिवारका नजिक सन्तोष तिम्सिनाका अनुसार विमान दुर्घटना भएपछि बुबा गोविन्दसहितको टोलि काठमाण्डौं जाने तयारीमा छन् ।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।

नागरिक उड्डयन प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट अनुसार पोखरामा व्यवसायिक उडान अन्तर्गत भएको यो दोस्रो दुर्घटना हो । यसअघि ०५९ भदौ ६ गते सांग्रिला एयरको ट्वीनअटर दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्