विराटनगर । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै आएको छ ।
यसपटक ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नाराका साथ राष्ट्रिय भुकम्प सुरक्षित दिवस मनाईएको छ ।
यसैविच विराटनगरमा पनि २५ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा प्राकृतिक प्रकोपबाट सुरक्षित रहनको लागि कृत्रिम घटनाको अभ्यास गरी यो दिवस मनाइएको छ ।
विराटनगर २ स्थित खाली मैदानमा सोमबार विहान आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा कृत्रिम घटना अभ्यास गरि राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइएको हो ।
भूकम्पले नभई कमजोर संरचनाले मानवीय लगायतका क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले कृत्रिम अम्यास गरिएको मन्त्राललउले जनाएको छ ।
विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको छ । भविष्यमा आउनसक्ने भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको हो ।
दिवसका अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १, विराटनगर महानगरपालिका, नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको सक्रियतामा कृत्रिम अभ्यास गरेर सहभागिहरुलाई देखाइएको थियो ।