विराटनगर । बालिकालाई भारत लैजादै गरेको अवस्थामा दुईजना युवा भारतको जोगबनीमा पक्राउ परेका छन् । नेपालबाट भारतको पटना लैजान लागेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले पक्राउ गरी माईती नेपाललाई जिम्मा लगाएको हो ।
पक्राउ पर्नेमा मोरङ धनपालथान–६ बस्ने १८ वर्षीय विजय सहनी र मो. मखबुल रहेका छन् । उनीहरुसँगै त्यहिकी १७ वर्षीया किशोरी समेत पक्राउ परेकी छिन् । माईती नेपालले इलाका प्रहरी कार्यालय रानीमा बुझाएसँगै उनीहरुसँग सोधपुछ सुरु गरिएको छ । प्रहरीका अनुसार सहनी र ती किशोरी विवाह गरेर भागेको देखिएको छ । मो.मखबुल रिक्सा चालक भएको खुलेको छ ।
भारतको जोगबनीस्थित टिकुलिया वस्तीमा सीमामा खटिएको एसएसबीको सहायक सेना नायक राजेन्द्र सिंह चौहानले भारत प्रवेश गरेका तिनै जनासँग अलग अलग सोधपुछ गर्दा फरक–फरक बताएपछि उनीहरुलाई पक्राउ गरिएको थियो । पक्राउपछि विराटनगर रानी भन्सारको १ नं ढाटमा रहेको माईती नेपालका कर्मचारीहरुलाई बालिकालाई जिम्मा लगाइएको छ ।
पक्राउ परेका दुई युवासहित उनीहरुसँग रहेकी बालिकालाई ईलाका प्रहरी कार्यालय रानीलो सोधपुछ गर्ने काम सुरु गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले अभिभावक बोलाएर उनीहरुको विषयमा बुझिनेछ ।