सुदन किराँती मन्त्री बन्दै छु भन्दा बुवाले नपत्याए पछि……..

<span class='c1'>सुदन किराँती मन्त्री बन्दै छु</span> <span class='c2'>भन्दा बुवाले नपत्याए पछि……..</span>

विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् भोजर इन्चार्ज समेत रहेका सुदन किराँती मन्त्री बन्ने पक्का भए पछि उनले एक घण्टा अगाडी सामाजिक सञ्जालमा आफ्नो बिरामी बुवासँग गरेको कुराकानी पोष्ट गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री लागेको उनले आफ्नो बुवालाई फोन मार्फत सुनाए । तर, बुवाले पत्याएनन् । उनका बुवाले छोरा मन्त्री हुने कुरालाई सपना होकि बिपना भन्दै प्रतिक्रिया दिएका छन् ।

उनले सामजिक सञ्जाल फेसबुकमा लेखेका यस्तो लेखेका छन् :
डाँडाको जुन घाम जस्तै बुवा संग कुराकानी !
मैले भने ।
म – बुवा म मन्त्री हुने भएँ छु ।
बुवा – हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना होकि बिपना हो ?
म – हो बुवा साँच्चै हो बिपना नै हो । ( संस्कृति,पर्यटन तथा नागरिक उड्यान )
बुवा – मन्त्री चाहि कसरी भइस ? कसले गर्दा भइस ?
म – पहिलो त तपाईहरुले जन्माउनु भयो, दोश्रो त मैले धेरै राजनीतिमा दुख गरे, तेश्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास ग¥यो ।
बुवा– राम राम राम ! म उहिले फोक्लेण्डको लाडाईमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिन थे !
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ......... ।
बुवा– हाम्रो बंशमा वडा अध्यक्ष सम्म कोहि भएनौं राम्रो गर्नु ।
म – पाउनु ठुलो कुरा होइन काम गर्नु ठुलो कुरा हो । म मेहनेत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए ...... ।
बुवा – म गए पछि तेरो आमा संग भेट हुन्छ नै होला म सबै भनि दिउँला । बुवा रुनु भो ! म ......... !
संम्झे !

बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाब भने फरक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्