मोरङका अमनलाल मोदी बने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

<span class='c1'>मोरङका अमनलाल मोदी बने सङ्घीय</span> <span class='c2'>मामिला तथा सामान्य प्रशासनमन्त्री</span>

विराटनगर । विपन्न परिवारमा हुर्किएका अमनलाल मोदी २०४२ साल असोज ५ गते मोरङको बुढीगंगा गाउँपालिका तिलाठेमा जन्मिएका हुन् । २०५६ साल देखि राजनीतिक यात्रा आरम्भ गरेका उनी माओवादीको जिल्ला कमिटी सदस्य, राज्य कमिटी सदस्य, केन्द्रीय आयोजक समिति सदस्य बने ।

अनेरास्ववियु क्रान्तिकारीको जिल्ला कमिटी सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष, नेकपाको प्रदेश कमिटी सदस्य पनि बने का उनी राजनीतिक रूपमा सक्रिय रहँदा उनले जेल जीवन पनि गुजारेका थिए ।

२०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट निर्वाचित भएका मोदी अनिच्छाकै बीच ०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेद्वार बनेका थिए ।

२०७४ को निर्वाचनमा पूर्वमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई पराजित गर्दै सांसद बनेका मोदीले यस पटक एमाले नेता विनोद ढकाललाई पराजित गर्दै संसद यात्रा तय गरेका उनी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भएका छन् ।

आफ्नै पार्टीका अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने निश्चित भए सगैँ संघीय संरचना अनुसार संघीय निजामती कर्मचारी ऐन ल्याएर प्रदेशलाई कर्मचारीहरु हस्तान्तरण गर्नुपर्ने जिम्मा पनि थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्