विराटनगरमा १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट हुदै

<span class='c1'>विराटनगरमा १२ औँ संस्करणको</span> <span class='c2'>प्याब्सन स्पोर्टस मिट हुदै</span>

विराटनगर । यसपटकको १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट २०७९ हुने भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन मोरङले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी माघ ६ गतेबाट प्याब्सन स्पोर्टस मिट हुने जनाएको छ । कोरोना कहरका कारण केही बर्ष स्थगित भएको प्याब्सन स्पोर्टस मिट यसपटक माघ ६ गतेबाट ८ गते सम्म हुने प्याब्सन मोरङले जनाएको छ ।

यस वर्ष देखि प्रतियोगितालाई अझ परिमार्जित गर्दै २५ भन्दा बढी एथलेटिक्स र यस वर्ष देखि कक्षा ११-१२ को खेलहरु समेत सदस्य विद्यालयका विद्यार्थीहरु बिच जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
आगामी माघ ६ गते देखी ३ दिन सम्म हुने खेलहरु शहिद रङगशालाको खेलमैदान, जुट मिल फुटबल मैदान रानी तथा एभरेष्ट स्कूल विराटनगरको खेल मैदानमा हुने प्याब्सन मोरङको कोषाध्यक्ष विष्णुं डंगोलले जानकारी दिनुभयो ।

यसपटक हुने प्रतियोगितामा मोरङ जिल्लाका दुई सय २० वटा प्याब्सन सदस्य विद्यालयहरु मध्ये बाट ३ हजार जना भन्दा बढी खेलाडीहरु प्रतिस्पर्धामा सहभागी हुने प्याब्सन मोरङकी अध्यक्ष सितला सुब्बाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
साथै एक लाखभन्दा बढी खेल प्रेमीहरुले प्रत्यक्ष अवलोकन गर्ने समेत आयोजकले अपेक्षा राखेको छ । स्पोर्टस मिटको उद्धघाटन प्रदेश नं. १ का मुख्य मन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन् । खेलकुद प्रतियोगिता सञ्चालनको लागि पन्ध्र लाख लागत लाग्ने अनुमान गरिएको प्याब्सन मोरङले जनाएको छ ।

प्याब्सन स्पोर्टस मिट प्याब्सन मोरङको मात्र नभई प्रदेश नम्बर १ बासीको गौरव र विशेष गरी मोरङ वासीहरुका लागि ऐतिहासिक आयोजना रहेको प्याब्सन मोरङले जनाएको छ ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्