विराटनगरको महंगो होटलमा बस्छन् बिना विभागिय मन्त्री

<span class='c1'>विराटनगरको महंगो होटलमा बस्छन्</span> <span class='c2'>बिना विभागिय मन्त्री</span>

विराटनगर । प्रदेश १ का तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुरमा राई नेतृत्वको सरकारले मन्त्रालय संख्या बढाउँदा नेकपा एमालेका भातृ संगठनहरुले विरोध जनाएका थिए । विराटनगरको सडकमै पत्रकार सम्मेलनको आयोजना गरेर एमाले मोरङका २३ जनवर्गीय संगठनले आर्थिक भार बढाउने गरी मन्त्रालय विभाजन गरेको भन्दै विरोध जनाए ।

तर, हालै प्रदेश १ मा एमाले नेता हिक्कमतकुमार कार्कीको नृतत्वमा सरकार गठन भएको छ । उनले पुष २५ गते शपथ ग्रहण गरेका थिए । मुख्यमन्त्री कार्कीले ७ जनाको मन्त्रीपरिषद गठन गरिसकेका छन् । तर, मन्त्रालय भने अझै तोकेका छैनन् । मन्त्रालय तोक्न ढिलाइ हुँदा मन्त्रीहरुका लागि कार्यकक्ष र निवास छैन ।

यसले गर्दा मन्त्री, पिएसओ र सचिवालयका कर्मचारीहरु दैनिक सरकारी खर्चमा विराटनगरको महंगो होटलमा बसेका छन् । प्रदेश सरकारलाई आर्थिक भार पर्ने गरी होटलमा मन्त्रीहरु बस्दा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले त्यसलाई नकारात्मक भनेका छन् ।
मन्त्रालय नतोकिदिएको कारणसँगै सुरक्षाको कारण देखाउँदै होटलमा बस्नुपर्ने स्थिति आएको मुख्यमन्त्री कार्यालयको दावी छ । प्रदेश संरचनाको विरोध गर्ने पार्टीका सांसद समेत मन्त्री भएपछि होटलमा बसेर रवाफ दिईरहेको भन्दै आलोचना समेत हुने गरेको छ ।
दैनिक कति तिर्नुपर्छ ?

विराटनगरस्थित विग होटलमा बस्दै आएको मन्त्रीहरुको दैनिक तेह्र हजारसम्म भुक्तानी गर्नुपर्ने हुन्छ । होटल कर्मचारीका अनुसार मन्त्रीहरुका लागि डिलक्स रुम तेह्र हजार ५ सय रहेको छ। भने, मन्त्रीका अंगरक्षक अर्थात पिएओका लागि ४ हजार ६ सय देखि ४ हजार ९ सय सम्म रहेको उनले जानकारी दिइन् । विग होटलमै बस्दै आएका मन्त्री भक्ति सिटौलाका पिएसओका लागि ४ हजार ६ सय , तिलकुमार मेन्यावोको पिएसओ र सचिवालयका कर्मचारी राख्न २ वटा रुम रहेको छ । उनीहरु बस्दै आएको कोठाको ५ हजार ९ सय रहेका ती कर्मचारीले जानकारी दिइन् ।

सुरक्षाको कारण घरमा बस्न योग्य नभएको जनाउ सुरक्षाकर्मीले दिएपनि बिना बिभागिय मन्त्री जीवन आचार्य भने आफ्नै घरमा बसेका छन् । उनले विभागीय जिम्मेवारी पाएपछि पनि घरमै बस्ने ईच्छा रहेको बताउँदै आएका छन् । अब तीनदिन भित्रमा सबै मन्त्रीहरुको विभागिय जिम्मेवारी तोक्ने तयारी समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्