विराटनगर । २०७४ को निर्वाचनमा हार बोहोरेका एमाले नेतृ भगवती चौधरीको हारको चोट ओभाइसकेको थिएन । तर, पनि त्यही हारलाई जितको संज्ञा दिदै निरन्तर राजनीति र व्यवसायिक यात्रामा लागेकी चौधरीले यो निर्वाचन जित्नेमा पक्का जस्तै थिइन् । उनले हरेक चुनावी अभियानमा तीस वर्षसम्म नगरेको विकासको काम आफूले तीन वर्षमा गर्ने प्रतिवद्धता जनाउदै आइरहेको भेटिन्थिन । सोही अनुसार उनलाई सुनसरी क्षेत्र नम्बर ३ बाट भारी मतले विजयी गराए । अर्थात सुनसरीका जनताले परिवर्तनको स्वाद चाख्न चाहे ।
उनले नेपाली काँग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारलाई पराजित गर्दै संसदीय यात्रा तय गरे । उनका लागि गच्छदारलाई हराएर विजयी हासिल गर्न त्यति सहज थिएन । अद्यपि आत्मविश्वास र निर्वाचन क्षेत्रमा आफूले गरेका सामाजिक कामले पनि उनलाई सदैव हौसला बढाएको थियो । राजनीति यात्राको दौडानमा हार र संघर्षका जंगार तर्दै यतिबेला चौधरी मन्त्रीको भूमिका निर्वाह गर्न पुगेकीछिन् । अर्थात उनी महिला तथा बालबालिका मन्त्रालयको भूमिका निर्वाह गर्दैछिन् ।
एउटी महिलाका लागि पहाड झैँ बनेर आउने चुनौतीलाई पन्छ्ययादै सफलता चुम्न त्यति सहज नहुदो हो । तर, पनि हारलाई जितको सुत्रको रुपमा लिएर अगाडी बढेकी उनी जननेता स्वर्गीय मदन भण्डारीको आदर्शबाट राजनीतिमा आवद्ध भएको बताउछिन् । उनी नेकपा एमालेको केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला सह–इन्चार्ज समेत हुन् । २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री समेत बनेकी चौधरी २०७४ मा विजयकुमार गच्छदारसँग पराजित बनेकी थिइन् ।
२०४८ सालमा नेकपा एमालेको पार्टीको सदस्यता लिएकी उनी २०५८ सालदेखि सक्रिय राजनीतिमा आवद्ध छिन् । २०६४ सालमा नेकपा एमालेको सुनसरी जिल्ला समिति सदस्य बनेकी उनी २०७० सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुख भएकी थिइन् । ५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रियरुपमा भूमिका निर्वाह गर्दै आइरहेकी छिन् ।
उनी फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था स्थापक अध्यक्ष समेत हुन् ।सुनसरीको दुहबी २ स्थायी ठेगाना भएकी चौधरीे साविक औराबनी गाविस (हाल गढी गाउँपालिका) मा जन्मेकी हुन् ।