विराटनगरको माया बोकेर पोखराको माटोमा अस्ताइन ‘अञ्जु ’

विराटनगरको माया बोकेर पोखराको माटोमा अस्ताइन ‘अञ्जु ’

सुजता लिम्बू
विराटनगर । ‘विछोडको करौतीले काट्नु मनै काट्यो जाँदाजाँदै मुलबाटोको दुईटा बाटो फाट्यो ।’

गीतका हरफ झैँ को–पाइलट अञ्जु खतिवडाको परिवारका लगि विछोडको पिडाले मन थाम्न निक्कै सकस भएको छ । गत आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुघर्टनामा पर्दा अञ्जुले ज्यान गुमाउनु परेको थियो । उनको मृत्युसँगै यतिबेला विराटनगर–५ स्थित चाँदनीचोक अर्थात खतिवडाको माइतीघर शोकमा डुबेको छ ।

नातिनिको वियोगमा डुबेकी ८९ वर्षीया हजुरआमा सुभद्रा खतिवडाको आँखाभरी छल्किएको आँशु ओभाउन सकेको छैन । नानितिको मृत्युको खबरले विक्षिप्त बनेकी सुभद्रा केही क्षण आफैलाई सम्हाछिन् । त, कहिले भकानिदै रुन्छिन् । छिमेकी, आफ्न्तहरु घरैमा आएर ढाडस त दिन्छन् । तर, आफ्नो गुमाउदाको पिडा कसैको सहानुभूतिले कहाँ कम हुदो हो । यद्यपि उनी आफन्तले सम्झाएसम्म सम्हालिने प्रयास गर्छिन् । साहास र हौसला कहिल्यै नहार्ने स्वाभावकी अञ्जुका बोर उनको हजुरआमाले वियोगमा नै भए पनि प्रशंसा गर्न भ्याइन् ।

विमान लिएर विराटनगर आँउदा माइतको आँगन टेकेरै फर्किने अञ्जुको मृत्युसँगै माइतीघरको आँगन सधैँका लागि विरानो बन्यो । र, परिवारका लगि सम्झना मात्रै । उनको आफन्तको आफ्नो माइती अर्थात विराटनगरलाई असाध्यै प्रेम गर्ने गरेको उनको आफन्तहरुको भनाई छ । त्यसो त हजुरआमाले अञ्जुलाई माघेसंक्रान्तिका दिन आउन समेत भनेकि थिइन । तर, कुन दिन अन्तिम हुन्छ भन्ने करा कसलाई पत्तो हुने रहेछ । हजुरआमाको निम्तोलाई उनले चाहेर पनि स्विकार गर्न पाइनन् । अर्थात माइतीको आँगन टेक्न पनि नपाई कहिल्यै नउदाउने गरि माघे संक्रान्तिकै दिन पोखराको माटोमा अस्ताइने । अञ्जुको वियोगमा उनको काका पुण्यप्रसाद खतिवडाको पनि आखाँको डिल नरसाएको होइन । ‘मृत्युको अन्तिम अवस्थसम्म पनि छोरीले बाँच्ने अपेक्षा रोखेकी थिइन् होला, आगोले कति पोल्यो होला ?’ भकानिदै अञ्जुको काकाले भने ।

अञ्जुको श्रीमान पनि विमान दुर्घटनाबाट निधान भएको थियो । श्रीमानको वियोग उनका लागि शोकमा बदल्नु भन्दा पनि शक्तिमा बदल्दै आफू पनि विमान चालके बनको उनको परिवारको नजिकका सन्तोस तिम्सिनाले बताए । श्रीमानको निधनपछि अमेरीकाबाट विमान उडाउने तालिम लिएकी खतिवडा सोही दिन पाइलट हुने अन्तिम तयारीमा थिइन् ।

बाबु गोविन्दराज खतिवडा र आमा इन्दिरा खतिवडा विमान दुघर्टना भएको खबर सुन्नासाथ सोही दिन विराटनगरबाट काठमाडौँ गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्