कृषि उद्यममा नवप्रवर्तन गर्न एक्सिलेटर कार्यक्रम

कृषि उद्यममा नवप्रवर्तन गर्न एक्सिलेटर कार्यक्रम

विराटनगर । उच्च संभावना भएका प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने एक्सिलेटर कार्यक्रम सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो ।

सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अद्यान्त र स्वीस कन्ट्याक्ट अन्तर्गत सञ्चालित सहज–एनएएमडीपी (नेपाल कृषिबजार विकास कार्यक्रम) को साझेदारी तथा प्रदेश लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँगको सहकार्यमा कृषि उद्यम लक्षित कार्यक्रम सञ्चालन गरिने छ ।
कार्यक्रम बारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा संभावना र अवसरका क्षेत्रमा लगानीका मोडलको प्रयोग र प्रवद्र्धन गरिने दावी छ । यसका लागि प्रदेश लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँग अद्यान्त फण्ड म्यानेजमेन्टबीच समझदारी गरिने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिण्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले यो कार्यक्रम सञ्चालन गरेर कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता बृद्धि गर्ने, लगानी पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो । प्रदेश नं. १ कृषि, पर्यटन, व्यापार र उद्योगमा अग्रणी भएपनि कृषिको औद्योगिकरणका लागि लगानी आकर्षित गरेर संभावनालाई अवसरमा बदल्ने प्रयास गरिने उपाध्यक्ष राउतको भनाई छ ।
कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोत–सामाग्री र व्यवसायिक परामर्श प्रदान गरी लगानी योग्य बनाउन कार्यक्रमले सहयोग गर्ने अद्यान्तका संस्थापक मनोज पौडेलले जानकारी दिनुभयो । आवेदकमध्येबाट १० वटा उद्यमीहरुलाई छनौट १२ हप्ताको पूँजी, बजार पहुँच, र प्राविधिक लगायतका आन्तरिक चुनौति केन्द्रित परामर्श प्रदान गरिनेछ ।

यसैगरी संभावना देखिएका कृषि–उद्यमीहरूसँग विज्ञ तथा उद्योगीसँग सम्पर्क गराईने छ । जसले कृषि उद्योग विस्तारमा लगानी गर्ने बाटो खोल्ने लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा.सरोज कोइरालाले बताउनुभयो । यस्तो कार्यक्रम यस अगाडी राजधानी केन्द्रीत मात्रै थियो, प्रदेश १ मा अद्यान्तले कार्यक्रम विस्तार गर्नु राम्रो कुरा हो, प्राधिकरणका निर्देहक कोइरालाले भन्नुभयो–यसले केहि न केहि सुधार गर्ने अपेक्षा लिएका छौं ।

कार्यक्रमका लागि कृषि उद्यमका क्षेत्रमा क्रियाशिलहरुले माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिइएको छ । अनलाइनमार्फत वा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र तोकिएका अन्य स्थानबाट समेत ईच्छुकलाई आवेदन दिने सुविधा दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्