विराटनगर । विराटनगरको कोशी हस्पिटलमा मृत घोषणा गरिएको एक शिशुलाई घरमा पुर्याउदाँ जिवित नै भएको भटिएपछि पुन: हस्पिटल फर्काइएको छ ।
१७ दिनको शिशुलाई बुधबार विहान कोशी अस्पतालमा उपचारको लागी लगेका थिए । तर उपचारको क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेपछि आफन्तले घरमा लागेर दाहसस्कारको तयारी गर्ने बेलामा शिशुको शरिर चल्न थालेपछि अहिले विराटनगरको गोल्डेन अस्पतालमा उपचार भईरहेको छ ।
शिशु जिवितै पाइएपछि आक्रोशित बनेका आफन्तले डिउटीमा खटेका दुई जना चिकित्सक माथी कुटपिट समेत गरेका छन् ।
थप विवरण आउन बाकी....