विराटनगरको नारायण स्टोर र अम्बिका बस्त्रालयमा राजस्वको छापा, कागजात नियन्त्रण

विराटनगरको नारायण स्टोर र अम्बिका बस्त्रालयमा राजस्वको छापा, कागजात नियन्त्रण

विराटनगर । अवैध कारोबार गरेको आशंकामा विराटनगर मेनरोडका दुई कपडा पसलमा राजश्व अनुसन्धान ईकाई कार्यालय इटहरीको टोलिले बुधबार छापा मारेको छ । विराटनगर मेनरोडको नारायण स्टोर र अम्बिका बस्त्रालयमा कार्यालयको टोलिले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो ।

अवैध कारोबार गरेको सुचनाका आधारमा छापा हानेर कागजात नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान इकाई कार्यालय इटहरीका सुचना अधिकारी एवं अधिकृत बिनोद पोखरेलले जानकारी दिएका छन् । नन्दु किशोर तापडिया र किसन तापडियाले सञ्चालन गरेको नारायण स्टोर भारतको जोगबनीमा समेत रहेको छ । खुल्ला सीमाको फाइदा उठाउँदै भन्सार छलेर कपडा भित्र्याउने गरेको आरोप लाग्दै आएको छ ।

यसैगरी मेनरोडकै अम्बिका बस्त्रालयको समेत कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । प्रदिप अग्रवाल सञ्चालन रहेको अम्बिकाले शंकास्पद कारोबार गर्दै आएको सूचनापछि छापा हानिएको हो ।

बुधबार राजस्वको टोलिले दुवै पसलमा एकै पटक छापा मारेको थियो । तर, स्टोर नदेखाएका कारण धेरै समयसम्म कुर्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्