गरिखानेको कथा : विराटनगरको एक मेहनती वन्त दम्पत्तीको नेवारी खाजा घर ‘बारा छेँ’

गरिखानेको कथा : विराटनगरको एक मेहनती वन्त दम्पत्तीको नेवारी खाजा घर ‘बारा छेँ’

बिबेक दाहाल
विराटनगर । विराटनगरमा नेवारी खानको लागि बिगत केहि बर्ष अगाडी सम्म धेरै खाजा घरहरु थिएनन् । विराटनगरमा नेवारी खाना रुचाउनेहरुलाई केहि सिमित खाजा घर वा काठमाडौं गएको मौकामा खानुपर्ने बाध्यता रहेको थियो । तर अहिले विराटनगरमा पनि नेवारी खानाको लागि बिभिन्न रेस्टुरेन्ट नै संचालनमा रहेका छन् ।

विराटनगरका एक दम्पत्तीले बिगत २ बर्षदेखि विराटनगर १ नेता चोकमा "बारा छे" अर्थात "बारा घर" नाममा नेवारी खाजा घर चलाउदै आएका छन् । ५३ बर्षका जीवनराज वन्त र उनकी श्रीमती रामला उदास वन्तले विष्णुमाया पुस्तकालय कै भवन तल उक्त खाजा घर संचालन गर्दै आएका छन् ।

उनीहरुको खाजा घरमा नेवारी खाजा नै मुख्य बिशेषता रहेको जीवन बताउछन । श्रीमती पकाउने काम र श्रीमानको बाहिरी काम गरेर उनीहरुले आफ्नो कार्य विभाजन गरेका छन् । खाजा घरमा नेवारी बारा, चटामरी, छोइला लगायतका खाना पाउने गर्छ , यसका साथै म:म , चाउमिन तथा भेज/नन भेज खाना पनि पाइन्छ । काठमाडौंबाट विराटनगर आएको केहि बर्ष उनीहरुले नबिल बैंक विराटनगरमा पनि क्यान्टिन चलाएको उनले सुनाए ।

                                विराटनगरमा नेवारी खाजा घर धेरै नरहेको हुनाले नेवारी खाजालाई मुख्य मेनु बनाएर वन्त दम्पत्तिलाई नेवारी खाजा घर चलाउन प्रेरणा आएको बताउछन । उनीहरुको खाजा घरबाट दैनिक ३ देखि ४ हजारसम्मको कमाई हुने उनीहरु बताउछन । आफ्नो खाजा घरमा आउनेले नेवारी खाना मिठो मानेर खाने गरेको उनको भनाइ छ । उनको नेवारी खाना खानलाई सबै समुदायका ग्राहक आउने उनले बताए ।

खाजा घर सानो भएर कहिलेकाही समस्या भएपनि लामो समय त्यहि ठाउँमा संचालन गरेकाले अन्त्य सार्ने सोच नरहेको उनीहरुले सुनाए । एक छोरा र एक छोरीको पढाइ तथा घर खर्च उक्त खाजा घरबाटै चलेको र भबिस्यमा अन्य नेवारी खाना पनि थप गर्दै जाने उनीहरुको सोच रहेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्