ओवी अपडेट : कोशी अस्पताल अपडेट समाचार(भिडियो सहित)

<span class='c1'>ओवी अपडेट : कोशी</span> <span class='c2'>अस्पताल अपडेट समाचार(भिडियो सहित)</span>

विराटनगर । कोशी अस्पतालका चिकित्सकले जिवित शिशुलाई मृत घोषणा गरेको खुलेको छ । अस्पतालका ईमर्जेन्सी शाखाका चिकित्सकले जिवित शिशुलाई मृत घोषणा गरिदिएपछि पीडित परिवार आक्रोशित भएका छन् ।

जहदा गाउँपालिकाको वडानम्बर ३ का दिलिप मुखिया आफ्नो १७ दिने नवजात शिशु छोरी लिएर उपचारकालागि बुधबार बिहान कोशी अस्पतालको ईमर्जेन्सी शाखामा पुगेका थिए । कमजोर अवस्थामा जन्मिएको बच्चाले दुध नखाई शिथिल भएपछि मुखियासंगै उनका आफ्न्त नवजात शिशुलाई उपचारकालागि कोशी अस्पतालको ईमर्जेन्सी शाखामा लगेका थिए । तर त्यहाँ ड्युटीमा रहेका चिकित्सकले सामान्य चेकजाँचपछि शिशुको मृत्यू भईसकेको अभिभावकलाई बताएका थिए । शिशुको मृत्यू भईसकेको जानकारी पाएपछि अभिभावकले बच्चा लिएर विराटनगरको वडानम्बर १० मा रहेको शिशुको मावाली घर पुयाएका थिए ।

अस्पतालले मृत घोषण गरिसकेपछि आफन्तले दाहसस्कारको लागी तयारी गर्दै गर्दा शिशुको सास चलेको थाहा पाए । शिशुको सास चलेको थाहा पाएपछि उनिहरु फेरी शिशु बोकेर विराटनगरकै गोल्डेन अस्पताल पुगेका थिए । शिशुलाई हाल गोल्डेन अस्पतालको एनआईसियूमा राखेर सघन उपचार भइरहेको छ । कम तौलको शिशुमा शारिरीक कमजोरी,संक्रमण र चिसोका कारण समस्या भएको हुनसक्ने गोल्डेन अस्पतालका डाक्टर सतिश यादवले बताउनुभयो ।

यसअघि कोशी अस्पतालको इमर्जेन्सी शाखामा ड्युटीमा रहेका मेडिकल अफिसर डाक्टर आकाश यादवले शिशुको मृत्यु भईसकेको अभिभावकलाई जानकारी गराएका थिए । त्यसअघि अहेब लक्ष्मण माझी र अहेव टिका भण्डारीले समेत शिशुको शारिरीक परीक्षण गरेको जनाईएको छ । आफुहरुले परीक्षणकै आधारमा शिशुको मृत्यू भईसकेको अभिभावकलाई बताएको मेडिकल अफिसर डाक्टर आकाशको दाबी छ ।
शिशुलाई गोल्डेन अस्पतालमा भर्ती गराएपछि आक्रोशित आफ्न्तले उपचारमा लापरवाहीगरि जिवित शिशुलाई मृत बताएको भनेर कोशी अस्पताल पुगेर चिकित्सक यादव सहित अन्य स्वास्थ्यकर्मी माथि हातपात गरेका थिए ।

सो क्रममा डाक्टर यादवको टाउकोमा चोट लाग्नुका साथै ड्युटीमा रहेका अन्य स्वास्थ्यकर्मीलाई समेत चोट लागेको छ । घटनापछि ईमर्जेन्सी शाखामा खटिएका मेडिकल अफिसर यादव सहित अन्यलाई स्पष्टिकरण सोधिएको मेडिकल सुपरीटेण्डेन्ट डाक्टर लक्ष्मीनारायण यादवले बताउनुभयो ।

यता चिकित्सकमाथी हातपात गर्ने शिशु पक्षका तीनजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्