विराटनगर । आगो ताप्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।
विराटनगर १० लालीगुरास चोकमा ८० वर्षिया देवि यादवको आगो ताप्ने क्रममा आज विहान जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगो ताप्ने क्रममा यादवले लगाएको सारीमा आगो सल्किएर जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार घटनास्थलमा वडा प्रहरी कार्यलयका इन्चार्ज डिएसपी दिपेन्द्र पन्जियार थारुसहितको टोली पुगि घटनाको मुचुल्का उठाउने कार्य भइरहेको छ ।