कोसी अस्पताल विराटनगरका डाक्टरसहित दुईजना स्वास्थ्यकर्मीलाई कामकाज बन्दसहितको कारवाही

कोसी अस्पताल विराटनगरका डाक्टरसहित दुईजना स्वास्थ्यकर्मीलाई कामकाज बन्दसहितको कारवाही

विराटनगर । कोसी अस्पताल विराटनगरका एक चिकित्सकसहित दुईजना अहेवलाई कामकाजमा खटिन रोक लगाउँदै कारवाही गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका शिशुलाई मृत घोषणा गरेर घर फर्काइएको घटनामा संलग्न रहेका उनीहरुलाई स्पष्टीकरणसहित कामकाज गर्नबाट रोकिएको हो ।

अस्पतालले डा.आकाश यादव, अहेव लक्ष्मण माझी र टिका भण्डारीलाई तत्काल कामकाज गर्नबाट रोक लगाउने निर्णय गरेको छ । अस्पतालका शाखा अधिकृत एवं सुचना अधिकारी रामप्रसाद नेपालका अनुसार उनीहरुसँग लिखित स्पष्टीकरण समेत माग गरिएको छ ।
अस्पतालले घटनाको विषयमा छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरेको छ । बालरोग विशेषज्ञ डा.प्रविणकुमार झाको संयोजकत्वमा डा.सुर्यकान्त चौधरी र शाखा अधिकृत नेपाल सदस्य रहेको छानविन समिति गठन गरिएको हो । समितिको सदस्य सचिव रहनु भएका नेपालले घटनाको बारेमा सात दिनसम्म अध्ययन गरेर प्रतिवेदन बुझाउने कार्यदेश प्राप्त भए बमोजिम बिहीबारदेखि नै काम सुरु गरिएको जानकारी दिए ।

मोरङको जहदा गाउँपालिका ३ का दिलिप मुखिया आफ्नो १७ दिनकी छोरी लिएर उपचारकालागि बुधबार बिहान अस्पतालको ईमर्जेन्सी शाखामा पुगेका थिए । त्यहाँ कार्यरत चिकित्सकले शिशुको मृत्यु भएको जनाएपछि अभिभावले घर फर्किएका थिए । शिशुको मृत्युपछि विराटनगर–१० को माईती (शिशुको मावली घर) पुग्दा बच्चाले श्वास फेरेपछि गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि आफन्त कोसी अस्पतालका चिकित्सकसँग आक्रोशित बनेका थिए । घटनामा कमजोरी भएको देखिएपछि उपचारमा संलग्न चिकित्सकमाथि अनुसन्धान र कारवाही सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्