विराटनगरको कोसी अस्पतालको घटनाका विरुद्ध राष्ट्रिय युवा संघको विरोध

विराटनगरको कोसी अस्पतालको घटनाका विरुद्ध राष्ट्रिय युवा संघको विरोध

विराटनगर । कोसी अस्पतालमा जिवित शिशुलाई मृत घोषणा गरिएको विरुद्धमा राष्ट्रिय युवा संघ विराटनगर कमिटीले विरोध जनाएको छ ।

बुधबार कोसी अस्पतालको आकस्मिक विभागका मेडिकल अफिसर डा.आकाश यादवले १८ दिने शिशुलाई राम्रोसँग उपचार नगरि मृत घोषणा गरिएको परिवारको आरोप थियो । मृत घोषणा गरिएको शिशु केही समय पछि चलमलाउन थाले पछि अस्पतालमा तनावग्रस्त भएको थियो । सोहि घटनाको विरुद्धमा आज (विहिवार) राष्ट्रिय युवासंघ विराटनगर कमिटीको नेतृत्वमा अस्पतालमा विरोध जनाइएको संघका सचिव निरन्जन ढुंगानाले जानकारी दिए ।

अस्पताल प्रशासानका मे.सु.डाक्टर लक्ष्मी नारायण यादवलाई निलम्बन तत्काल निलम्बन गरी कार्बाहीको मागसहित विरोध जनाइएको उनले बताए ।
यता,कोसी अस्पतालका मेसु डा. लक्ष्मी नारायण यादवमाथि संचारकर्मीले दुव्र्यवहार गर्दै सामजिक सञ्जालमा अतिरन्जित गरेको कुरा प्रति नेपाल चिकित्सक संघले गम्भिर ध्यानाकार्षण गराएको छ । नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गर्दै सो घटना प्रति ध्यानाकार्षण गरेका हुन् ।

जारी विज्ञप्तिमा लेखिएको छ ।‘कोशी अस्पतालको आकस्मिक विभागमा भएको घटनाको सन्दर्भमा अस्पतालका मे.सु. डा. लक्ष्मीनारायण ले आफ्नो कार्यकक्षमा घटना संग सम्बन्धित विरामी पक्षसँग छलफल गरी रहेको अवस्थामा केही स्वघोषित पत्रकार कार्यकक्षमा प्रवेश गरी मे.सु. माथि दुरव्यवहार गर्दै घटनालाई गलत तरिकाले सामजिक सञ्जालमा अतिन्जित गरेको कुरा प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ । ’

जिवित शिशुलाई मृत घोषणा गरिएको विषयको रिपोर्टिङको क्रममा संचारकर्मीले आफूमाथि दुव्र्यवाहार भनिएको घटना समाजिक संजालमा अतिरन्जित गरिएको भन्दै नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्