विराटनगर । विराटनगरको टोस्टमास्टर्स क्लबको पदस्थापना भएको छ ।
माघ ४ गते गैर नाफामुखी टोस्टमास्टर्स क्लबको पदस्थापना भएको हो ।
संस्थापक अध्यक्षमा नवीन झुनझुनवाला, क्लबको शिक्षा उपाध्यक्षमा पुनम जाजोदिया,जनसम्पर्क उपाध्यक्ष हितेश खेतान, सदस्य उपाध्यक्ष रिषभ दाहाल,सचिव नारायण कडारिया, कोषाध्यक्ष अश्विनी बंसल, सर्जेन्ट एट आम्र्स सलोनी अग्रवाल,सदस्यमा अर्जुन खतिवडा,अरुण खेतान,आशिष जाटिया,भरत सिंघल,बिनित सिंघानिया,शिवशंकर शाह,विवेक महतो,निपुन रेग्मी,पियुष लुनिया,शशांक बन्सल,सन्दिप अग्रवाल,सुमित अग्रवाल,पशुपति नेपाल,प्रविण अग्रवाल,सुरेन्द्र गोलछा र सुनिल सारडा छन् । शिक्षाविद, व्यापार, बैकर, डाक्टर,वकिल विभिन्न पेशाका २३ जना सदस्यहरूलाई समावेश गरिएको छ। तीन महिना अघि गठन गरिएको क्लबको कार्यसमितिलाई बुधबार पदस्थापना गरिएको छ ।
कार्यक्रममा डिभिजन निर्देशक जेनी मानन्धर,क्षेत्र निर्देशक सरोज ताम्राकार, मेन्टर तथा स्पोन्सर अन्जु प्रधान,सिन्धु खतिवडा,विनिता गोयल,मनोज गोयलको सहभागीता रहेको थियो ।
टोस्टमास्टर्स इन्टरनेशनल, सन् १९२४ अक्टोबर २२ “राल्फ सी. स्मेडले” द्वारा स्थापना भएको थियो। यो एक गैर नाफामुखी शैक्षिक संस्था हो जसले सार्वजनिक बोली र नेतृत्व कौशल सिकाउँछ।
एक सय ४४ देशमा टोस्टमास्टर्स क्लबहरु छन् । भने नेपालमा ५० वटा टोस्टमास्टर्स क्लब रहेको छ। उक्त क्लबको उदेश्य भनेको नेतृत्व गर्न सिकाउने,बोल्न सिकाउने,व्यक्तित्व विकास गर्न सिकाउने आदि कार्य गर्ने नवनिर्वाचित अध्यक्ष नवीन झुनझुनबालाले बताए।