विराटनगरको हिमालय हलमा भोली शनिबार लाम्देङमा विशेष प्रदर्शन हुदै

<span class='c1'>विराटनगरको हिमालय हलमा भोली शनिबार</span> <span class='c2'>लाम्देङमा विशेष प्रदर्शन हुदै</span>

विराटनगर । लिम्बु संस्कार संस्कृतिमा आधारित सामाजिक परिवेशको झल्को दिलाउने चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) विशेष शो प्रर्दशन गरिने भएको छ ।
विराटनगरको हिमालय हलमा लाम्देङमा अर्थात (अधुरो जीवन ) फिल्मको विशेष शो हुने भएको छ । मृगौला पीडित पुर्वेली लोक गायक मोहन थेगिमको सहयोगार्थ भोली माघ ७ शनिबार विहान ११ बजे एक शो प्रदर्शन गरिने भएको छ ।


खगेन्द्र कुमार लिम्बुद्धारा निर्देशित नेपाली कथानक चलचित्र ‘अधुरो जीवन ’ लाम्देङमा मा लिम्बु सस्कारमा आधारित रहेको छ । राजेन्द्र लुबुङ र जानुका श्रेष्ठ मगरले निर्माण गरेको फिल्ममा दिलिप फुरुम्बोले कथा लेखेका हुन् । विराटनगरमा रहेको किराँत याक्थुङ चुम्लुङ , किराँत राई यायोक्खा र किरात याक्खा छुम्माले सयुक्त रुपमा टिकटको विक्रि गरिरहेको छ । उक्त च्यारेटि शोको लागी हिमालय हलमा नै पनि टिकट बुकिङ्ग गर्न सकिने जनाइएको छ ।
लाम्देङमा यामनिङवा योङहाङ र देबेन्द्र चोङबाङको मुख्य अभिनय रहेको छ ।

त्यसैगरी मेघराज मगरातीको छायाँकन तथा सम्पादन रहेको चलचित्रमा टुपेन्द्र येक्तेन, सञ्चमाया वारुमहाङ लाबुङ, दिलिप फुरुम्बो, दिलु सुब्बा, राजेन्द्र लाबुङ, ललिता केदेम लाबुङ, कहरसिं मगर, जानुका श्रेष्ठ मगर, फुलमाया लाबुङ, कल्पना लाबुङ, चन्द्र फुरुम्बो, लाजेमा वारुमहाङ, कमला लिङदेन, आकृति राई, बुद्धिमान पालुङवा, टंक पालुङवा, भुवन पालुङवा, छत्र पालुङवा, जगत पालुङवा, गणेश मगर, साजन फुरुम्बो, स्वीटी मगर, मन कुमार केरुङ, रोमी पालुङवा, सीता तुम्बाहाङफे र सुजन न्यौपानेले समेत अभिनय गरेका छन् ।


दिलीप फुरुम्बो कथा तथा गीतमा दिलिप फुरुम्बो र मेघराज मगरातीको संगीत साथै दिलिप फुरुम्बो र मनु नेम्बाङको आवाज रहेको चलचित्रमा वल्ड वाईड इन्टरटेन्टमेन्ट कृएशन प्रा.लि.को पोष्ट प्रडक्सन रहेको छ ।

ट्रेलर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्