प्रदेश १ मा अझै टुंगो लागेन मन्त्रालय

प्रदेश १ मा अझै टुंगो लागेन मन्त्रालय

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषदको पहिलो क्याविनेट बैठकमा नै मन्त्रालय घटाउने निर्णय गरेको थियो । भने, उनले अन्य समय पनि मन्त्रालय घटाएर ९ वटा बनाउने र सोमबारसम्म मन्त्रालय टुंगो लगाउने भन्दै आइरहेका छन् । तर, मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालयको संख्या १३ बाट घटाएर ९ वटामा ल्याउने विषयमा छलफल, अझै टुंगो लाग्न सकेको छैन । पुष २५ शथप लिएका मुख्यमन्त्री कार्कीले त्यसयता ७ सदस्यीय मन्त्री मण्डल विस्तार गरिसकेका छन् । तर, मन्त्रालय भने अझै ताकिएको छैन ।

प्रदेश १ सरकारलाई पूर्णता दिन र दलहरुबीचको भागबण्डा टुंग्याउने विषयमा सत्तारुढ गठबन्धन दलको बैठक बसिरहेको छ । तर, बैठक निष्कर्षमा भने अझै पुग्न सकेको छैन । सत्ता गठबन्धनको बैठक दुई दिन देखि बसेको एमाल प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । उनले आज (शुक्रबार) पनि बैठक बस्ने तयारी रहेको र यो बैठकले केही निष्कर्ष निकाल्न सक्ने उनले बताए । मन्त्रालय संख्या टुंगो लागिसकेको बताउदै उनले अन्य विषयमा छलफल भइरहेको बताए । त्यसो त मन्त्रीहरुलाई लामो समय सम्म भूमिकाविहीन राखेको विषयमा सत्ता पक्षकै सांसदहरुले चित्त बुझाएका छैनन् । मन्त्रीहरुको होटलको बास, कार्यकक्षको अभावले मन्त्रीहरुलाई धेरै असुविधा भएको एक सांसदले बताए । ‘मन्त्रालय टुंगो नलाग्दा होटलको बास छ, निवास र कार्यकक्षको अभावले धेरै अहसज भएको छ,’सत्ता पक्षकै ती सांसदले भने,‘मुख्यमन्त्री ज्यु सँग यो विषयमा कुरा पनि भइरहेको छ । तर, खै किन ढिला सुस्ती भइरहेको छ ।’ केन्द्रको सरकारले गति लिइसकेको बताउदै उनले अब प्रदेश सरकारले पनि गति लिनुपर्नेमा उनले जोड दिए ।

शुभकामना दिनेको लस्कर

मुख्यमन्त्रीको कार्यकक्षको अगाडीको भित्तामा एउटा निलो रङको बोर्ड टाँसिएको छ । जहाँ मुख्यमन्त्रीलाई भेट्ने समय तोकिएको छ । मुख्यमन्त्रीलाई भेट्न आँउदा सम्पर्क गनरेर आउनुहोला, साथै २ बजेदेखि भेट्ने समय भनेर बोर्डमा उल्लेख गरिएको छ । तर, २ गते बजेदेखि भेटघाटको समय तोकिए पनि दिनभर भेटघाटमै व्यस्त रहन्छन् । त्यसो त सर्वसाधरण, प्रहरी अधिकृत देखि उद्योगपतिसम्म फुलका गुच्छा हातमा खदा बोकेर शुभकामना प्रदान गर्न उपस्थित भइरहेकै हुन्छन् । शुभकामना दिनेको लर्को सचिवालयको कक्ष देखि बाहिर रहेको प्यासेजसम्म दैनिक जस्तो देखिने दृश्य रहेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु नै बताउछन् ।

मुख्यमन्त्रीले पुस २५ गते तीनजना मन्त्री नियुक्त गरेका थिए । तिलकुमार मेन्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बूलाई पहिलो चरणमा मन्त्री बनाएका मुख्यमन्त्रीले दोस्रो चरणमा दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य, बुद्धिकुमार राजभण्डारीलाई मन्त्री बनाए । यी सबै मन्त्रीहरु अहिलेसम्म बिना विभागीय हैसियतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्