मुख्यमन्त्री कार्कीद्धारा १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट २०७९को उद्धघाटन

मुख्यमन्त्री कार्कीद्धारा १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट २०७९को उद्धघाटन

विराटनगर । १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट २०७९ प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन् ।

शुक्रबार मुख्यमन्त्री कार्कीले १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट २०७९ विराटनगरस्थित सहिद रंगशालाको खेलमैदानमा उदघाटन गरेका हुन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन मोरङले कोरोना कहरका कारण केही बर्ष स्थगित भएको प्याब्सन स्पोर्टस मिट माघ ६ गतेबाट ८ गते सम्म हुने प्याब्सन मोरङले जनाएको छ । प्याब्सनका अनुसार यस वर्ष देखि प्रतियोगितालाई अझ परिमार्जित गर्दै २५ भन्दा बढी एथलेटिक्स र यस वर्ष देखि कक्षा ११–१२ को खेलहरु समेत सदस्य विद्यालयका विद्यार्थीहरु बिच जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन गरिने भएको छ ।

शहिद रङगशालाको खेलमैदान, जुट मिल फुटबल मैदान रानी तथा एभरेष्ट स्कूल विराटनगरको खेल मैदानमा हुने प्याब्सन मोरङको कोषाध्यक्ष विष्णुं डंगोलले जानकारी दिइन् ।

उक्त प्रतियोगितामा मोरङ जिल्लाका दुई सय २० वटा प्याब्सन सदस्य विद्यालयहरु मध्ये बाट ३ हजार जना भन्दा बढी खेलाडीहरु प्रतिस्पर्धामा सहभागी हुने प्याब्सन मोरङकी अध्यक्ष सितला सुब्बाले जानकारी दिए ।

एक लाखभन्दा बढी खेल प्रेमीहरुले प्रत्यक्ष अवलोकन गर्ने समेत आयोजकले अपेक्षा राखेको छ । प्याब्सन स्पोर्टस मिट प्याब्सन मोरङको मात्र नभई प्रदेश नम्बर १ बासीको गौरव र विशेष गरी मोरङ वासीहरुका लागि ऐतिहासिक आयोजना रहेको प्याब्सन मोरङले जनाएको छ ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् ।

स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्